नेपाल सरकारले थारुको माग मुद्दा सम्बोधन नगरे ठूलो क्रान्ति गर्ने सँसदमा मोदिको चेतावनी।

Tuesday, 13 September 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

२०७३/५/२८ भदौ,सोमबार,(Admin)
नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले थारु समुदायले आफ्नो अधिकारका लागि गरेका आन्दोलनको सम्मान नभएको गुनासो गरेक छन्। यस्तो स्थितिमा अर्को राजनीतिक क्रान्ति हुने र आर्थिक क्रान्ति अघि बढ्न सम्भव नहुने उनले बताए।

व्यवस्थापिका संसदमा बोल्दै सांसद मोदीले टीकापुर घटनामा पक्राउ परेकाहरुको तुरुन्त रिहाई हुनुपर्ने माग पनि गरे। उनले थारुलाई पटक पटक शासकहरुले दमन गर्दै आएको र त्यसरी नै अझै दमन गरे ठूलो क्रान्ति हुने उनले चेतावनी दिए। ‘देेशमा ठूला ठूला राजनीतिक क्रान्ति भएका छन्। थारुहरुले पनि विभिन्न माग राखी क्रान्ति गरिरहेका छन्। तर राज्यले अझै थारुका मागलाई बेवास्था गरे ठूलो क्रान्ति हुनसक्छ,’ उनले भने।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu