चितवनको मझुईमा जितिया बिशेष कार्यक्रम हुने तयारी तीब्र गतिमा समूह दर्ता खुल्ला

Sunday, 4 September 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सांस्कति बिशेष | थारु तथा चौधरी समुदायले विगत केहि वर्षदेखि मझुई स्कुलको चौरमा "जितिया बिशेष सांस्कृतिक" कार्यक्रम हुँदै आएको यस बर्ष पनी चितवन को खैरहनी नगरपालिका ७ स्थीत पर्ने "मझुई" गाउँ मा दोस्रो "जितिया बिशेष सांस्कृतिक" कार्यक्रम हुने भएको छ। यस कार्यक्रम को मुख्य आयोजक " यम. वाई. एस. साउंड (MYS' sound) सर्बिस रहेको छ भने सहयोगी विभीन्न संघ संस्थाहरुले साथ दिने भएको छ।  यस कार्यक्रम सुरेश महतो को अध्क्षता मा सम्प्पन हुन गईरहेको छ । र अतिथि को रूपमा थारु कल्याणकारी सभा चितवनका प्रमुख ब्यक्तिहरु चितवन क्षत्र न. १ का सभासद लाई प्रमुख अतिथी बनाउने निर्णय भएको कुरा एम. वाई. एस. (Mys) साउंड सर्बिस ले जनाएको छ। केहि बर्ष अगाडि बाट  थारु संसंस्कृति झल्कने कार्यक्रमहरु नियमित गर्दै आएको छ। गत बर्ष पनी जीतियाको अबसर पारेर " जितिया बिशेष सांस्कृतिक " आयोजना गरेको थियो । सो कार्यक्रममा ३० प्रतिस्पर्धी महिला समूह र ७ गौरबमय शोभा देखाउनका लागि तथा बिबिध स्थानीय नाचगान गरी रमाईलो  गरेका थिए साथै " मंगनी चितवनका महिला समूह " बिजय भएका थिय। त्यसैगरी सो कार्यक्रम ब्यबस्थित बनाउनका लागि मझुई झाँकी (डम्फू) नाच समूहका सदस्यहरुले पनि साथ दिएका थिए। विबिन्न संघ संस्था तथा दर्शकहरुको चाहनाहरु लाई मध्यनजर गर्दै यस बर्ष पनि कार्यक्रम गर्न लागेको  एम. वाई. एस. साउंड ब्यबस्थापन टोली प्रमुख समीर चौधरी ले जानकारी दिनुभयो। अहिले भने कार्यक्रम हुने मिति  आउदो आसोज 3 गते निश्चित मिति र समय तोकिएको बताउनु भएको छ साथै उहाँले जितिया पाबनी नजीकीदै गर्दा सम्पर्ण थारुनी महिला लाई हार्दिक निमन्त्रणा र जीतिया पाबनीको अग्रिम शुभ कामना पनि ब्यक्त गर्नु भयो।

कर्यक्रम हुने मिति समय र स्थान :

मिति :- 2073/आसोज / 3 गते

बीहान 08 बजे देखि बेलका 6 बजे सम्म

स्थान :- खैरहनी 7 मझुई स्कुल चौर

आयोजक :- MYS SOUND मझुई

थपजनकारी तथा समूह दर्ताको लागी सम्पर्क :- +9779845243683 , 9845371712,

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu