२०७३/६/१६,असोज।
नेपालका बाहुनवाद,एकलौटि सासक वर्ग मिडियाहरुले सम्प्रेसन गरेका ,छापेको समाचार हरु हेर्दा र पढ्दा पनि त्यती बेला दिमाग खराब अनि तातो शरीर आगोको राप झै बलेर ज्वाला भएर आउछ । लाग्छ पुरै नेपाल देशमै आगो लगाइ दिउ । तर , के गर्नु यहाँको सासक बर्ग र एक थरीका मान्छेको हालीमुहालीको चर्तीकला देखेर कमजोर अनि लचार बनेर बस्नु परि रहेको छ,उनीहरुले गर्ने क्रियाकलापको रमिता हेरेर बस्नु परि रहेको छ । यहाँ त्यही एक थरीका मानिस ले शासन जमाउने गर्छ्न र न्याय गर्छन् । उनीहरुले बोलेका सबै जायज,उनीहरुले गरेका सबै नीति ,नियम लागू हुन्छ्न, उनीहरूले गरेको कार्य सबै उत्तम अनि सहि हुन्छ।
उदाहरणको लागि =नेपालको हालको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डले २०६२/६३ को जनआन्दोलनको क्रममा नेपाली जनताको हक अधिकारको लागि गरियको आन्दोलनमा जङगल पसेर दाहालले १७००० निर्दोष नेपाली जनताको बलि चढाउने काम गर्यो र उसैलाई अहिले चाहिँ नेपालको प्रमुख बनाइएको छ ,किन भने प्रचण्ड पनि तिनै एक थरीमा पर्छन,र झापा बिद्रोह पनि भयका थिय त्यो गराउने पनि तिनै एक थरीका मान्छेहरु थिय त्यसमा पनि कति नेपाली जनताको बलि चढाइयो तर तिनै एक थरीकाहरु सँग मिलेर नेपालको राज्यको प्रमुख तहमा बसि सासन गरि रहेका छ्न, अहिले नेपालका सोझा साझा थारुहरुलाई मात्र हैन आदिवासी जनजाती,उत्पीडित वर्गलाई पनि आफ्नो हातको कठपुतलि बानायर नचाइ रहेका छ्न।
( सन्दर्भ=टीकापुर घटनाको )
यहाँ दोषी को हुन त? र निर्दोष को हुन् ?किन अहिले सम्म टीकापुर घटनाको छानबिन प्रतीबेदन सरकारले सार्वजनिक गरिय न त ? यो मुद्दाहरु केहि छुट्टाउदैन केबल छुट्टयाइन्छ त उनको बर्ग,जात, र समुदाय। अनि को हुन सजाय को भागेदार र कसले न्याय पाउनु पर्छ यो निर्णय पनि तिनै एक थरीका मान्छेले गर्छन् । चाहे सजाय पाउने एउटा निर्दोष ब्याक्ती नै किन नहोस् । हो , हाम्रो देशमा यस्तै किसिम को कानुन बनेको छ । एक लौटि शासन गर्ने कानुन र त्यो कानुनको पहरेदार देखि न्यायको कठघरामा बस्ने पनि तिनै एक थरीका भित्रको मान्छेहरु छ्न।
नेपालको तराइ क्षेत्रमा सदियौ देखि बसोबास गर्दै आइरहेका मुलबासी थारु समुदाय ले जायज मागको लागि आफ्नो हक अधिकार अनि पहिचानको लागि शान्तिपूर्ण आन्दोलन गर्दा पनि त्यही एक थरीका मान्छेले आन्दोलन तुहाउन घुसपैठ गरि एक दमै सुनीयोजित ढंगले टिकापुर घटन घटाइएको थियो । जुन घटना जानी नजानी घट्न पुग्यो। थारु हरुले त्यस घटनामा आफ्नो ज्यान बचाउका लागि तिनै सासक वर्गहरु प्रतिरोध मात्र गरेका हुन,त्यो घटनाको प्रतीबेदन पनि तिनै एक थरीकाहरुले सार्वजनिक गर्न रोक लगाइ रहेका छ्न भन्ने हामी थारुहरुको ठ्म्याइ रहेको छ, र त्यस घटनामा दुबै पक्षका मानिस मारिएका थिए र आन्दोलनमा मान्छे मर्नु स्वाभाविक पनि हो । तर, त्यस घटना को बारेमा छानबिन नगरीकन एकलौटी ढंगले तिनै एक थरीकाले थारु हरु लाई मात्र दोषी ठहराउने यो कहाँ सम्मको न्याय हो ? र त्यही घटना पछि त्यस क्षेत्रमा कर्फ्यु लगाईयको थियो र कर्फ्युको बेलामा तिनै एक थरीकाहरुले छानी छानी थारु को घर ,एफ,एम,रिसोर्ट आदि इत्यादी मा आगो लगाइयको थियो त्यो घटनामा भने तपाईहरु आफै छुट्याउनु यो सबै थारुहरु माथी कति सम्म को अत्याचार गरेको हो ? तपाई आफै बुझ्नु होस कर्फ्यु को बेला कसरी आगो लगाइयो त्यो दिन?हो यश घटनामा त्यही एक थरीका मान्छे पनि मारिएका थिए । र , त्यही एक थरी का मान्छेले त्यस बेला राज्यको हरेक निकायमा शासन गरेको हुनाले थारुहरुको घर इत्यादी मा आगो लगाउन सफल भएका थिए ।र कर्फ्यु को बेलामा यस्तो दुस्साहस गर्यो, हो टिकापुर घटना प्रती अपशोच छ २ बर्षको दुधे बालकको ज्यान गएको छ । तर त्यो घटना कसरी घट्यो ,त्यो बालकलाई गोलि लागेको थियो कसरि लाग्यो,र कसको लापरबाहीले घटेको हो टीकापुर घटना । यसको छानबिन हुन जरुरी छ । र, दोषी उपर कारबाही गरि सजाय हुनुपर्छ म मात्र हैन यो सम्पुर्ण थारु समुदायकै,अधिकार बिहिन समुदाय कै माग हुन ।
मैले बुझ्नु नसकेको कुरा टिकापुर घटनामा त्यही एक थरीका महिला मात्र बिध्वा छन ?जो कि अस्ति मात्र गृहमन्त्रीले घटनाको मुद्दा फिर्ता लिन्छौ भनी रहदा हार गुहार गरि रहेका थिय त्यो पनि तिनै एक थरीका मान्छे कहाँ गयर ,के तिनका लोग्ने मात्र मारिएका छन ? यो कुरा किन बुझ्नु हुन्न ।आज यश घटनामा लागेका मुद्दा खारेज र अपराधीका नाममा जेल परेका लाई माफी दिनु खोज्दा त्यही एक थरीका मान्छे हरु बिरोध आन्दोलन गरिरहेका छन र तिनका कटपुतलि ,गुलामी गर्ने हरु पनि तिनीहरुकै साथ दिदै छन । यो आन्दोलन एक थरी मानिसको बाहेक सबै आदिवासी , जनजाति दलित र अल्पसंख्यक को पक्ष मा छ सर्वसम्मत छन।त्यो हक ,अधिकार अनि पहिचानको लागी गरियको क्रान्ति थियो । परिवर्तनको क्रान्ति थियो,एक लौटी सासक बिरुद्धको क्रान्ति थियो । जब सबै बर्ग समुदायको भलाइको पक्षमा क्रान्ति हुन्छ तब यस्तो किसिमको घटना घटी रहन्छ, र स्वाभाविक पनि हो । र , जुन आन्दोलन परिवर्तनको नाममा हुन्छ त्यसमा कोही दोषी हुँदैन । र दोषी बनाएका लाई पनि राज्यले माफी दिनुपर्छ।
नेपाल देशमा जब सम्म एकल जातिको राज हुन्छ । र , हामी यिनी हरुको कटपुतलि गुलामी बन्न,गर्न छोड्दैनौ तब सम्म यस्तो घटना घटदैन भन्न सकिन्न । त्यसैले अब हामी जागौ बिशेष गरि नेपालका आदिवासी जनजाती,उत्पीडित वर्ग आफ्नो आफ्नो क्षेत्र बाट आफ्नो हक अधिकार,पहिचानको निम्ति होइन भने थिचिएर मिचिएर,अन्याय र अत्याचार सहेर ,आफ्नै खुटामा आफै बन्चरो हानेर यसै गरि बस्नुपर्ने हुन्छ,मर्नु पर्ने हुन्छ ।
म आर,एन चौधरी थारु ती कथित एकल जातीका जुन कि अहिले पनि सासक बनी बसिरहेका छ्न,घिनौना राजनीति नेपाली जनताहरु सङग गरि राखेका छ्न ती एक थरीकाहरुलाई के भन्न र सचेत गराउन चाहन्छु भने नेपाल एउटा बहु भाषी,बहु सँन्सकृति,बहु जातीको देश हो भन्ने कुरा भनाइमा मात्र सिमित नहोस ,ब्यवहारमा पनि लागू होस ,गरोस ,यसको समाधान चाडो भन्दा चाडो सम्बन्धित निकायले खोजोस।नेपालमा जति सक्दो चाडो हरेक जात जाती,वर्ग,समुदाय,गाउँ,टोलबाट राज्यको हरेक निकायमा सम्मान प्रतिनिधित्वको ग्यारेन्टि गरियोस,सम्मान हक अधिकारको ग्यारेन्टि गरियोस,अहिले नेपालमा उठि राखेका आदिबासि,जनजाती,थारु,मधेसीहरुको जायज माग सँबिधान सँसोधन गरेर होस या अरु केही गरेर तर माग ,मुद्दा समयमै पूरा गरियोस।।
।।।।।। जय नेपाल ।।।।।।