पराई देशमा भए सधैं...
दिन, बिते महिना बिते
बर्षैं बितेको थाहा नैं भएन
मानवरुपी चोलामा
न जाग्यों कुनै ईच्छा
नलाग्यो कुनै रहर !!
पराई देशमा भए सधैं
कर्तव्यपरायण की एक परिणिता
न थियो कुनै मनोभावना
न त थियो कुनै भाव !!
फेरि आयों !
उजाड़ मरुभुमिमा शितल पानीको थोपा
जस्तै एक मीठो आभास !
क्षण भरमा जागयो ईच्छा
लाग्यो धेरै रहर
तर! खैं
त्यहाँ पनि थियो धेरै नैं व्यस्ताता
न केही भन्न सक्थें
न सक्थें नैं अलमलाउँन
चाहेर पनि न सक्थें सोध्न
परिधिभित्र रहेर सोच्नु पर्छ धेरै....
संसार यस्तो हुन्छ भने
भो चाहिदैंन कुनै ईच्छा न कुनै रहर!
जहा न मोलछ प्रतिक्षाको
न छ मोल नै परखाईको
न छ कुनै मीठो कल्पना
न छ कुनै मीठो आभास ।।
जिउँनु त जिउँनैं पर्छ
एकलै भए पनि
संगमा छ तर!
छ धर्ती अनि
छ आकास !! >>रचना
लेखक=(भागवत चौधरी थारु लहान)