राजन राई=(एक पत्र )
पुर्वमा वस्ने पल्लो र वल्लो किरातीहरु, पूर्व र पश्चिम तराई मधेसमा वस्ने थारुहरु, हिमालको काखमा वस्ने सेर्पाहरु नेपालका पूर्व पश्चिम वस्ने सम्पुर्ण मगर, गुुरुङ र तामाङ समुदायहरु चेपाङ, जिरेल, पहरी, आठपहरी र अज्ञातरुपमा वस्नु भएका आदिवासी जनजातिहरुमा मेरो नमस्कार !
मैले लेखेको शव्दहरु गल्ती भएमा सुधारेर पढिदिहुन आग्रह पनि गर्दछु । संसारमा जति पनि पुस्तकहरु लेखिएका छन् नव्वे प्रतिशत पुस्तकहरु निजी स्वार्थ र आफ्नै वंशहरुलाई उचो पार्ने खालको लेखहरु मात्र प्रकाशन भएको पाईन्छ । वाॅकी दश प्रतिस पुस्तकहरु मात्र मानव जगतको सम्वोधनको पक्षमा उभिएको पाईन्छ । नजिकको उदाहरणलाई लिने हो भने नेपालको तल्लो तहको समाजिक शिक्षामा राणा र शाहाले गरेका भोगेका पारिवारिक कथा पढ्नु अनिवार्य गराईएको छ । त्यो शिक्षा प्रणालीले तपाई हाम्रो जातिय उत्थानको लागि कदम उठाएको पाईन्दैन । वरु मनोवैज्ञानिक रुपमा उनिहरुलाई मान्न वर्जित गराईएको छ । यी कुराहरुको विरोधमा जातिहरु मध्ये सवै भन्दा वढी ब्राम्हणहरुको उपस्थिति देखिन्छ । किन कि उनीहरुमा कासी र वनारसि शिक्षाको राम्रो प्रभाव थियो । त्यै शिक्षाको दृष्टिवाट विभेदकारी सासन व्यवस्था, कालो नीतिलाई फाल्न सफल भयो र आफ्नो सासन व्यवस्था निर्विवाद रुपमा लागू गर्यो । अन्य जातिहरुले गरेको योगदानलाई मान्यता दिईएन । जन जातिहरुमा पनि दूरदर्सी नीति भए पनि उनीहरु अल्पमतमा थिए । आज त्यै अल्पमतमा रहेकाहरुले उनीहरुलाई वाहुने सासन व्यवस्थाको संज्ञा दिईरहेको छ । कसैको अर्थात कुनै जातिको विरोध गर्नु भन्दा पहिले हामीमा के छ त्यस्तो कम्जोरी जुन कुरावाट हामी पीडित छौ ता कि वाहुने सासन व्यवस्था वरावर किन हुन सकिएन । अर्थ, संचार, व्यापार, उद्योग, सासक वर्ग, सासित वर्ग भनेको के हो र यी क्षेत्रहरुमा हाम्रो उपस्थीति किन रहेन । आर्कालाई दोष लगाउदैमा के यी चीज सवै प्राप्त हुन्छन त? यी वारे तीतो तर सत्यकै वारेमा यथार्थ उल्लेख गरिएको छ । यी उल्लेखित शव्दहरु पढेर व्याभारमा उतार्नोस अनि फराकिलो संसार पाउनुहोस् । अन्य वकवासे कुराहरु भन्दा पनि यी कुराहरुनै चुरो कुरा हुन आउछ । यीनै चुरो कुराहरुलाई प्रस्तुत गर्दै छु ।
पूर्व पश्चिमका मित्रहरु सवै भन्दा पहिले आफू भित्र रहेका कमीकम्जोरिहरुलाई वकालत गर्ने खूवि तैयार पार्नु पर्छ । त्यसलाई भन्छ आत्मा आलोचना । आत्मा आलोचना भित्र यस्तो हतियार जन्मन्छ जहा अध्यारो पाटोलाई पनि मार गर्न सक्छ । यही कुरालाई भन्छ दूरदर्सी र मानव सभ्यताको विकास । त्यो कहावाट प्राप्त हुन्छ भन्दा शिक्षावाट नै हो । ''शिक्षामा लगानी, उदाउछ विहानी'' भन्ने मूल नारा ल्याउनुहोस र सके सम्म शिक्षामा लगानि गर्नुहोस् । आदिवासी जनजातिले मानेको कल्चर आधुनिक युगलाई सुहाउदो खालको छैन । हरहमेसा सतर्क पूर्वक गरेको काम त फेल खान्छ भने जाड र रक्सी पिएर गरेको काम कहिल्यै सफल वन्दैन । भोजनमा पानी र ठोस कुरा मिलेको हुन्छ । यसले दीर्घजीवी वनाउछ तर मादक पदार्थले पारिवारीक झमेला ल्याउछ । आध्यतमीक ज्ञान मुताविक भन्ने हो भने भोजन अनुसारको शारिरीक विकास अध्यारोलाई चिर्न सक्ने ज्ञान प्राप्त हुन्छ । यही ज्ञानको वोधवाट आर्थीक उन्नतिको गोल्ड पाथ मिल्छ साथै सामाजिक अत्यचारको अन्त्या निश्चित छ । बिभेद भन्ने कुरा ज्ञानले वुझ्ने कुरो हो तर गधालाई सुनको भारि के काम भने झै भयो भने मान्छे हुनुमा र नहुनुमा भिन्नता हुन्न । शिक्षा पहिलो सिडि हो उन्नतिको लागि ।हामी जनजातिहरु अर्ध शिक्षा भित्र स्वोर्नीम युग खोज्छौ र वाहुनलाई गाली गर्छौ । सुस्त संगठन, अदुरदर्सी एजेन्डा, अर्ध शिक्षा, छिमेकी मूलुकहरुका साथै अन्य मूलुकहरु संग कुटनीतिक नहुनु, प्रचार र प्रसारण गर्ने मेडिय नहुनु, व्यापार क्षेत्रमा ज्ञान नहुनु, अर्थ कमजोर हुनु आदि यी कुराहरु हुनाले हामी र हाम्रो आवाज दविएको अवस्य पनि हो ।फेरि हामी पूर्ण शिक्षा लिन चाहादैनौ फलत यसको परिणाम के ? गाली गर्दैमा यी कुराहरु वनि वनाउरुपमा तपाई हाम्रो हातमा आउछ त र कसैको घर आगनमा थपकन वर्स्योस् ।परिणाम हात लाग्यो सून्य नै । हो हामीलाई थाहा छ कि उनीहरुको घुमाई नराम्रो छ । राजनीतिमा होम्याउछ तर नस्वीकारे ज्यानै लिने अधिकार छैन । राजनीति वेरोजगार अनि वेघर वनाउने कारखाना हो ।अहिले देखिएको जल्दो वल्दो समस्य पनि यही हो ।
हामीलाई राज्यले सवै भन्दा ठूलो अधिकार दिएको नागरिक अधिकार नै हो । यसवाट वैंक स्थापना गर्ने, उद्योग चलाउने, व्यापार गर्ने हक प्रदान गरेको छ । यो भन्दा ठूलो अधिकार केहि हुन सक्दैन । तपाई हामीलाई लाग्ला राजनीति र कुर्सी सवै थोक हो तर' नेपालको लागि यो भन्दा ठूलो भ्रम केहि हुन सक्दैन ।
(म जातिय संकिर्णता भएको मान्छे हैन तर पिछाडिएकाहरुलाई मात्र सम्भोधन गरेको हुँ)
----------✴✴✴---------
लेखक=राजन राई