गजल,,
धड्किन्छ मेरो धड्कन पल-पल तिम्रै यादमा
तड्पिन्छ मेरो मन पल-पल तिम्रै यादमा,
बस्दिन भन्छु सम्झेर तिमीलाई जैले पनि
टोलाउदै हुन्छु म झन पल-पल तिम्रै यादमा,,
जब आउँछ याद तिम्रो बसेर एकान्तमा
भिज्छ मेरा नयन पल-पल तिम्रै यादमा
हुँदा हुँदै मिठा मिठा प्रेमका केहि बातहरु
सुम्पिन खोज्छु तन,मन पल-पल तिम्रै यादमा
तडपिन्छ मेरो मन पल पल तिम्रै यादमा
तिम्रै यादमा प्रिय,सधै तिम्रै यादमा ।।
लेखक=सलिना कुमारी चौधरी,,मगरागाडि(बर्दिया-४)