असोक सम्भु चौधरी | चितवन | पूस 22
चितवन महोत्सव र थारू खिचरा महोत्सव वीचको विवाद विरोध नभई मेरो सल्लाह सुझाव विचार मात्रै थियो।चितवन स्थानिय थारू जाती बासी भएको नाताले संयोजकमा सल्लाह सुझाव व्यक्त गर्नु मेरो पनि दायित्व छ।कार्यन्वयन गर्नु नगर्नु संयोजकमा भर पर्ने कुरा हो।
थारू खिचरा पर्व तथा पवित्र धार्मिक सदभाव पर्व खीचरा पर्वको छोटकरीमा मेरो व्यक्तिगत धारणा,परिभाषा।
खिचरा पर्व थारू समाज सदभाव कायम,नया वर्ष र पवित्र धार्मिक पर्व हो। थारू खिचरा पर्वलाई राष्ट्रिय भाषामा माघीसक्रान्ति,मकरसक्रान्ति भनिन्छ भने थारू भाषामा स्थान अनुसार खिचरा,खिचरी,खिचडी पनि भनिन्छ। यो पर्व नेपाल राष्ट्रिय तिथीमिती अनुसार विशेष गरी पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई महिनाको दुई दिन मनाईन्छ। थारू सामुदायिकका तिथीमिती अनुसार पुरानो वर्षको अन्तिम दिन र नया वर्षको पहिलो दिन अर्थात नया बर्षको रूपमा पनि मनाईन्छ।जानकारी अनुसार थारू तिथीमिती अनुसार यो थारू खिचरा २६४० र २६४१सालको हो।२५४१साल नया वर्षको आगमन हो
खिचरा पर्व
थारू सामुदायिकमा मुख्य खाद्यन्न बालीको रूप धान वालीलाई मानिन्छ।त्यही खाद्यान्न धानवालीलाई घामपानी,हिलो धुलोवाट बचाई बडो मेहनतसाथ धानवाली भित्र्याय लगतै खिचरा पर्व माझ पुगिन्छ।(हाल machine प्रविधी भएकोले धानवाली छिटै भित्र्याईन्छ)अन्नवाली भित्र्याई सकेकोले खिचरा पर्वको वेला थारू सामुदाय work free नै हुन्छ। त्यही धानवालीको मेहनत,थकानलाई मेटाउने अभिप्रायले खिचरामा मिठो खाने कुरा चिचर पोका मासु,माछा,कन्दमुल,खाने प्रचलन चलिआएको छ।अन्य दिन
( खेतीपाती,घर कामकार्य सम्पन्न भएको अन्तिम दिनमा पनि थकान मेटाउने सोचले पनि चिचर पोका खाईन्छ)
धानवाली मेहनतको थकानलाई विर्सने अभिप्रायले खिचरामा
मासु,माछा,चिचर,पोका,मुला,कन्दमुल धानको भुजा,केसार लगायत मिठो मिठो खाना पुस २९ गते तयार पारिन्छ र माघ १गते परिवार छिमेकमा बाडीचुडी खाईन्छ।थारू नया बर्षको दिन खिचरा पर्वमा भोको पेट कोही नरहोस भन्ने सामाजिक सदभाव भएकोले अन्नदान अर्थात भिखारी,भिक्षुको लागि चामल,दाल,नुन,तेल नाङ्लोमा छुट्याई विहानै स्नान गरी त्यो अन्न छोएर मात्रै पोका चिचर खान पाउने प्रचलन रहेको छ।त्यो दिन भिक्षुहरूको ओहोरदोहोर प्रसस्तै देख्न सकिन्छ।यो पर्वलाई थारू गाउ समाज सदभाव मेलमिलापको रूप पनि मानिन्छ।चिचर पोका संग माछा एकदमै स्वादिष्ट भएकोले खिचराको मछुवारीको दिन मिलीजुली नदी खोलामा गई माछा मारी समाज परिवारमा बाडिचुडी खाने गरिन्छ।
अनदी चामल जिम्दार गरीब बिच ऐचो पैचो गरेर पनि चिचर पकाई बाडीचुडी समाज परिवारमा खने गरिन्छ ।तसर्थ खिचरा पर्वमा सवै थारू सामुदायमा एकै किसीमको खाना माछा चिचर पाउन सकिन्छ।त्यसकारण थारू सामुदाय मेलमिलाप सदभाव कायम गर्न मद्धत गर्ने खिचरा पर्व थारू सामुदायमा जगेर्ना संरक्षण गर्नु एकदमै आवश्यक छ।
पवित्र धार्मिक पर्व थारू खिचरा
खिचरा पर्व धार्मिक पवित्रमा पनि एकदमै विशेषता ओगटेको छ।खिचरा पर्व अर्थात थारू नया वर्ष माघ १गते जाडो,ठन्डी नमानी एका बिहानै २नदीको जोरमा गई (हरे हरे गंगा हरे हरे जमुना सर्जोक सरस्वती महाय सुर्जल गन्धाभारी मै पापीको पाप दहाऊ)यो थारू मन्त्र पांच चोटी जप गरी स्नान र अन्नदान गरे वर्ष भरीको पाप मुक्त हुने धार्मिक विश्वास चलिआएको छ।यो स्नान पुर्व थारू दुर्लभ मन्त्र याद गर्दा राम्रो स्नान पुर्व जप गर्दा हुन्छ ।दुई नदीको जोरमा स्नानले बर्ष भरीको पाप मुक्त हुने धार्मिक विश्वास भएकोले पवित्र धार्मिक स्थल देवघाटमा खिचरा पर्वमा वर्षेनी हजारौ श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ।थारू अन्नदान विशेष दिन भएकोले पवित्र धार्मिक स्थल देवघाटमा पनि भिक्षुहरूलाई अन्नदान गरिन्छ।
यो मेरो धारण खिचराको परिभाषा हो।
कृपया खिचराको परिभाषा माग गर्ने मित्रजनहरू पनि comments boxमा थारू खिचराको परिभाषा व्यक्त गर्न हार्दिक अपिल गर्दछु।
