[[गजल]]
"
हामी सबको वचपन उस्तै उस्तै होईन र।
कैदी र प्रवासी जीवन उस्तै उस्तै होईन र।
चोखो हृदयको प्यार नलत्याऊ प्रियतम।
धनी र गरिबको मन उस्तै उस्तै होईन र।
कसैको यादमा हरपल हरक्षण धड्किरहने।
घडीको सुई र धड्कन उस्तै उस्तै होईन र।
एकले आवरण पोल्ने अर्कोले आत्मा पोल्ने।
आगो र मायामा जलन उस्तै उस्तै होईन र।
"
दीपक नेपाल
मार्पाक-५,निमार्चोक,धादिङ
Home
Literature
हामी सबको वचपन उस्तै उस्तै होईन र।
