[[कविता]]
"उ विधवा"
सेतो कपडा लगाएकी,
नाडीका चुरा फुटाइएकी,
अनुहार मलिन भएकी,
सिन्दुर पोछिएकी,
कपाल लठालिङ्ग पारिएकी,
समाजबाट अपहेलित भएकी,
बोक्सीको आरोप लगाइएकी,
दुब्ली,
पातली,
ख्याउती,
विवस,
र लाचार भएकी,
नारी,
विधवा हो,
*
हो उ विधवा हो,
समाजले बनाइ दिएको पर्खाललाई,
उस्ले तोड्न सकेकी छैन,
न त,
उस्ले सुखको निद सुट्न पाएकी छे,
न त,
स्वतन्त्र हुन पाएकी छे,
त्यो चरी जस्तै खुल्ला आकाशमा उड्न,
उस्का उड्ने पंखहरु छिनिएका छन,
उ एउटा कृतिम पर्खालले घेरिएकी छे,
उस्का इच्छा अकांक्षाहरुको,
हत्या गरिएको छ,
दिन डहादै श्रीमानको हत्या गरी,
उस्लाई दोषी बनाइएको छ,
र त,
आज उस्लाई बिधवाको संज्ञा दिइदै छ,
*
हो...!
उस्लाई समाजले बिधवा भनेर,
औंला थड्याउँछ,
उस्ले लाचार, बिवस भएर पिडा सहनुपर्छ,
सुहागरातको दिन रङ्गिन दुनियाँ देख्न,
नपाउँदै,
उस्का खुशिहरु लुटिन्छन,
उस्का सपनाहरु,
चुडिएको चङ्गाको डोरी जस्तै,
चुडेर ,कहाँ हो कहाँ,
बिलिन भैदिन्छन,
ऊ,
जिउँदो लाश बन्छ,
जब,
उस्का आँखाहरु खुल्छन्;
उ आफुलाई,
रङ्गिचङ्गी बगैचामा कसैले पनि मन,
नपराइ दिएको,
सेतो गुलाब भएको महसुस गर्छ,
छनछन् हातमा बज्ने चुराहरु,
फुटाइएको हुन्छ,
सिउँदोमा चिटिक्क पर्ने सिन्दुर पोछिएको हुन्छ,
शरिरभरी सेतो सारीले बेरिएको हुन्छ,
जिन्दगीमा समाजले लगाई दिएको
दाग कहिले मेटिने छैन,
हो उ बिधवा भनेर चिनिने छे
अब,
हो उ बिधवा हो,
*
अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली
Home
Literature
"उ विधवा"
