दृष्टिविहिन गायक सन्जय फ्राउनफेल्डरको बाध्यता सार्वजनिक (भिडियो सहित)

Saturday, 22 April 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नव वर्ष २०७४को शुभकामना सहित संगम डिजिटल प्रा.लीले सन्जय फ्राउनफेल्डरको प्रस्तुतिमा नयाँ लोक गीत “ बाध्यता” सार्वजनिक गरेको छ ।
धेरै लामो समय देखी लोक सङ्गीतको क्षेत्रमा लागि परेका गायक सन्जय फ्राउनफेल्डर आफूमा दृष्टिबिहिन छन् उनको बध्यता एका तिर छदै छ तर यो गीतमा भने माया प्रेमलाई मुख्य विषय बस्तु बनाएर गीत तयार गरिएको छ । सागर विरहिको शब्द/ सङ्गीतमा सन्जयले मिठो स्वर भरेका छन् ।

गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल सरिका के.सी र सागर विरहीको मन छुने अभिनय देख्न सकिन्छ । कपिल लामाको निर्देशनमा तयार भएको भिडियोलाई राजेश घिमिरेले खिचेका छन् भने अमर शाक्यको सम्पादन रहेको छ । हिमाल पोस्टको तर्फबाट दृष्टिबिहिन गायक सन्जयलाई सफल साङ्गीतिक जीवनको शुभकामना ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu