खुसी र उमंगको साथ आउनु नया वर्ष तिमी - सलिना के.सि.

Wednesday, 12 April 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल

खुसी र उमंगको साथ आउनु नया वर्ष तिमी
सबैको जीवन रङ्गीन बनाउनु नया वर्ष तिमी

नहेर्नु कतै सानो ठुलो,नमान्नु छुवा-छुत तिमी
सबै संग मिलीजुली  रमाउनु  नया वर्ष तिमी

खुसी र उत्साह  बोकी नया जोस् जांगर साथ
शहर देखि गाउँ घर सबै धाउनु नया वर्ष तिमी

शान्तिको दुत बनी बुद्ध भगवानको रूप लिएर
सबको मनमा शान्ती बनी छाँउनु नया वर्ष तिमी

हाँस्दै खेल्दै रमाउँदै सानदार महलमा बास मागी
दुखियारीको ति झुपडी नछुटाउनु नया वर्ष तिमी

सलिना के.सि.
मगरागाडी ४ बर्दिया
हाल कुवैत

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu