चितवन | चैत २९ | नबिने चौधरी | गजल
स्वर्णिम प्रहर अनि रसीला बात भयपछि
एक अर्काको साथ सुम्पिने हात भयपछि
ब्यर्थमा आफ्नो मन यता-उति नडुलाउनु
चौधरीको छोरो हो म थारु जात भयपछि
थारु सँस्कृति बेग्लै छ भन्दैमा के भो त ?
स्वच्छ मन र माया गर्ने औकात भयपछि