चितवानमा हावहुरीको प्रभाब जनधनको क्षती (फोटोफिचर )

Sunday, 30 April 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


सन्तकुमार चौधरी 
चितवन १६, बैशाख । चितवनमा आएको भिषण हावाहुरीका कारण सबैभन्दाबढी केराखेतीमा क्षति पुगेको छ । केराखेतीको दृष्टिकोणले पकेट क्षेत्रको रुपमा विकसित बन्दै गएको चितवनमा वर्षेनी हावाहुरीले ठूलो संख्यामा केराको बोटहरु ढाल्ने गरेको छ । शनिवार अपरान्हको समयमा आएको हावाहुरीले पूर्वी चितवनका अधिकांश क्षेत्रका केराहरु ढलेका छन् । रत्ननगर नगरपालिका अन्तर्गत जयमंगला, जिरौना, वछौली, कालिका नगरपालिका अन्तर्गत पदमपुर, जुटपानी लगायतका ठाउँमा हावाहुरी ठूलो परिणाममा केराखेती नष्ट गरेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको संघका अध्यक्षले जानकारी दिए । हावाहुरीका कारण वर्षेनी करौडौं रुपैयाँ बराबरको आर्थिक घाटा बेहोर्न कृषकहरु बाध्य छन् । जिल्लामा ६ सय १५ जना किसानहरु केराखेतीमा संलग्न भएपनि २ सय १५ जनाले मात्रै २० करोड रुपैयाँ बराबरको विमा गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । विमा नगरेका ४ सय किसानले सबैभन्दा बढि क्षती बेहोर्नुपर्ने अवस्था आएको उनले बताए ।  चितवनमा २६ सय २५ विगहा क्षेत्रफलमा केराखेती छ । यस्तै हावाहुरीले वीरेन्द्र क्याम्पस अगाडीको सालको रुख ढल्दा केही सवारी साधनमा क्षति पुगेको छ । २ वटा मोटरसाईकल र एउटा अटो रिक्सामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu