बारा := हिन्दु धर्मावलम्बिहरुको महानपर्व महाशिवरात्री नजिकिदैछ्न । महाशिवरात्रीकै अवसर पारेर गायक तथा संगीतकार विकास पाण्डेले एकदमै नयाँ गीत ‘शिव दाइको चिलिम’ कपुरबोट युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन।
बिङ्ग सावनको निर्देशन रहेको यस् भिडियोलाई सुमन तामाङले ब्यवस्थापन,सम्पादन गरेका हुन भने यस गीतमा गायक तथा संगीतकार विकास पाण्डेकै शब्द, संगित र स्वर रहेको छ । भिडियालाई बि.एस मेकरले तयार गरेको हो भने छायांकन विकास गुरुङ,अनिल चौधरी,मुकेश माझीले गरेका हुन।
बाराको औंराहा,सिमरा लगायतको गाउँघरमा रहेको रमणीय पर्यटकिय सम्भावना बोकेको स्थलहरुमा छायांकन गरिएको यस् भिडियोमा डान्सर विशाल श्रेष्ठ, अमित ठाकुर, संगित लामा लगायतले मनोरञ्जनात्मक नृत्य गरेका छन् ।