तिमीलाई देखेर सुन्दर फुलहरु पनि लजाईदिन्छ

Saturday, 22 April 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कविता

आखैले तिम्रो तस्वीर खिचेर
मुटुको भिता भरी सजाईदिन्छ
बगैचामा जादा, तिमीलाई देखेर
सुन्दर फुलहरु पनि लजाईदिन्छ

संसारका सबै सुन्दर चिजहरु
जुन तारा देखिन्छ तिम्रो नजरमा
छल्कीरहेछ मायाका छालहरु
तिम्रो आखाको लहर लहरमा

तिम्रो आगमनले प्रकृती रमाउदा
मरुभूमिमा आईदिन्छ मधुमास
तिमीलाई लोभ्याउन भनेर पनि
फुलले छरीदिन्छ मीठो सुवास

- श्रेष्ठ काले अनमोल

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu