[[गजल]]
"
छोरा परदेश गयो पैसा कमाउँछु भन्दै।
छिट्टै आउछु र टिनले छानो छाउँछु भन्दै।
गाउमा वृद्ध बा-आमा सहारा बिहिन भए।
बुहारी शहर पसिन्, बच्चा पढाउँछु भन्दै।
आज भाषण गर्दै छन् देश बेच्ने तस्करहरु।
भोट मलाई दिनुस्, यो देश बनाउँछु भन्दै।
एउटा पागल आकाशतिर ढुङ्गा हान्दै थियो।
त्यो माथीको जुन, ताराहरु खसाउँछु भन्दै।
मैले उसको यादहरुलाइ चुनौती दिएकि छु।
जति आउछस् नि, उतै फिर्ता पठाउँछु भन्दै।
"
रेस्मा राना मगर
सिन्धुली
कनपा -११
Admin:#Ankar Chaudhary
