तिम्रो त्यो अनमोल सुन्दरताको
लेखेर बयान म गरुँ कसरी,
तिम्रो र मेरो मायाको बिचमा रहेको
सागर अब तरुँ कसरी ?
रहर जाग्यो मेरो मुटुमा माया लाउने तिमी सित
बरु तिम्रो त्यो दिलको नजिक म सरुँ कसरी?
छिन्छ डोरी छिन्दैन प्रिय मायाजाल
तिम्रै माया जालमा अब म परुँ कसरी?
हामी दुवै मिली रुखको छहारी मुनि बसि
प्रीतिका गीत गाउँथ्यौ,
तिम्रो त्यो दिलमा बजेको गितमा
प्रीतिको धुन म भरुँ कसरी ?
लाउदिन माया भन्थे तिमी संग
झुक्किएर मन पराउन पुगे छु ,
अब तिमीलाई प्रेम प्रस्ताव म राखु कसरी?
तिम्रो त्यो अनमोल सुन्दरताको
लेखेर बयान म गरुँ कसरी,
म गरु कसरी ??
