यो दिलमा सार्वजनिक घर लागेको छ

Saturday, 24 June 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आज यात्रामा कसैको नजर लागेको छ
उसैको कल्पना गर्न रातभर लागेको छ

यो जिन्दगी काम लाग्दै लाग्न सकेन,
बरु काम बगरको पत्थर लागेको छ

जब निदाएका उठेनन् बिस्तराबाट,
मलाई पनि निदाउन डर लागेको छ

आउ बटुवा बाँस बस्दै जाउ तिमीहरू,
यो दिलमा सार्वजनिक घर लागेको

जब मैले मृत्युपछिको जीवनलाई बुझे,
मलाई जिउन भन्दा मर्न रहर लागेको छ
         -पृथ्वी सागर थापा-

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu