गजल/साहित्य/रचना,,
आदिवासी जनजाती/भुमीपुत्र थारुहरुको
आफ्नै छ आन,बान,सान अनि बेग्लै पहिचान,
अहिले आएर केही आफू भनाउदा
नेपालीहरुले गर्दैछ हामी थारुहरुको अपमान।
हजारौं हजार बर्ष देखि थारुहरु गर्दैछ आन्दोलन
पाउनको लागी आफ्नो हक-अधिकार,
घृणा गर्छु म ती थारु भनाउदा नेता तथा अगुवाहरुको
जसले अहिले थोरै पैसा/डलरको लोभमा लागेर गर्दैछ आफ्नै थारु जातीको बदनाम।
थारुहरुको हित बिपरित काम गरि
कहिले सम्म गर्छौ आफ्नै समुदायको बदनाम,
अझै पनि समय छ्न बेलैमा जोगाउ थारु जातीको
भेषभुषा,रितिरिवाज,संस्कृति अनि पहिचान।
जुन दिन नेपालमा पहिचान सहितको संघीयता
राज्यको हरेक निकायमा सम्मान सहभागिता पुर्ण रुपमा लागू हुन्छ त्यहि दिन हामी आदिवासी जनजातिहरुले
मान्ने छौ नेपालको कानुन अनि संविधान।
उठ/जाग आदिवासी थारुहरु हो खेर नजाओस् हाम्रो थारु समुदायको दाजु भाइहरुले हाम्रो हक अधिकारको निम्ति लडेर दिएको कुरबानी/बलिदान,
अझै पनि समय छ्न जुटौ हामी थारुहरु
जोगाउ हाम्रो धर्म,संस्कृति,रितिरिवाज अनि पहिचान,,
आदिवासी जनजाती/भुमीपुत्र थारुहरुको
आफ्नै छ आन,बान,सान अनि बेग्लै पहिचान।
🌹 जय नेपाल /जय थरुहट/थारुवान🌹
लेखक:=प्रवासी थारु सेवा समाज मलेसियाको संस्थापक अध्यक्ष हुन र यस् थारु अनलाइन वेबसाईट हमार सनेश ड्टकमको प्रधान सम्पादक हुन।
(आर एन चौधरी थारु)
