दशैंमा ढिक्रिको परिकार/मन पराउनेहरु सेयर गर्नुहोस्

Friday, 29 September 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

थारु बिशेष परिकार ढिक्रि पनि उत्सव र समय अनुसार फरक फरक हुन्छ।दशैंमा पुजा गर्न डल्लो ढिक्रिको बिशेष महत्व हुन्छ। तलको पिक्चरमा दशैं ढिक्रि पुजाको एक झलक हेर्नुहोस

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, र सुर्खेतमा बसोबास गर्ने थारु समुदायले हिजो बिहीबार अष्टमीका दिन बेलुका नयाँ चामलको परिकार ढिक्री पकाएर आफ्ना देवतालाई सम्झिने र ढिक्री, जाँड, मासु लगायतका परिकार खाएर रमाइलो गर्ने दिन हो ।
अहिले बेलुका थारु समुदायले नयाँ धानको चामलबाट बनाइएको थारु परीकार ढिक्री बनाएर आफ्ना कुल देवतालाई पूजा गर्ने अनि खानपिन गर्दै रमाईलो गर्ने क्रम सुरु भएको छ ।
दसैँमा थारु समुदायका युवा रातभर मादल बजाउँदै हुर्रदङ्गवा नाचगान गर्ने चलन विगतको तुलनामा केही कम मात्रामा गरेको पाइएको छ । यस्तै थारु समुदायले टीकाको अघिल्लो नवमीका दिन पितृलाई सम्झिने अर्थात आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी श्राद्ध गरेझैँ पितृलाई पिण्ड दिने (पित्रहवा बगाउने) गर्छन् ।
मुख्य गरी दसैँको यो हुर्रदङ्गवा नाचमा सबै जना पुरुषहरु रहने गर्दछन् भने एक जना पुरुषलाई महिलाको पहिरनमा सजाएर मादले संगै नाच्छन र अरु युवाहरु तालि पिट्दै हुक्कै हुक्कै भनेर कुदने उफ्रने गर्दछन् । घटस्थापनाका दिन जमरा राखेर दसैँ सुरु भए पनि अधिकांश थारु समुदायले द्धितियाका दिन जमारा राख्ने र नवरात्राको दिन अर्थात टिकाको अघिल्लो दिनसम्म आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी आजका दिन श्राद्ध गरेझैँ पितृलाई पिण्ड दिने ९पित्रहवा बगाउने० अनि भोलीपल्ट टिका लगाउने परम्परागत चलन रहेको छ ।

तर हिजोआज थारु कला संस्कृति हराउँदै गएको छ । दसैँमा थारु समुदायका युवा युवतीहरुले थारु पहिरनमा गरीने विभिन्न नाचगान हरेक वर्ष घट्दै गएको बर्दियाका स्थानीय थारु अगुवाहरु बताउँछन् ।

यसैबिच थारु समुदायको कला संस्कृति लोप हुन लागेको भन्दै थारु संस्कृति जर्गेना गर्ने उद्देश्यले ठाकुरबाबा, बाबरबर्दिया, मधुवन राजापुर लगायतका नहिजोलिकाका केही स्थामा युवा क्लबको आयोजनामा परम्परागत थारु सँस्कृती झल्किने विभिन्न थारु साँस्कृतिक नाचगान गरीएको छ ।

           source :-tharu comunity

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu