[[गजल]]
"
मलाई मेरो मान्छे, बटुवा जस्तो लाग्छ।
घुम्ने अनि खाने, खन्चुवा जस्तो लाग्छ।
जति नाप्न खोजे पनि, नाप्नै नसकिने।
आँखाको गहिराई, कुवा जस्तो लाग्छ।
खै किन हो शिक्षा दिने, हरेक मान्छेहरु।
आमा जस्तो लाग्छ, बुवा जस्तो लाग्छ।
दुर्त गतिमा दौडिरहने, गाडिको अगाडी।
मेरो साइकल भने,कछुवा जस्तो लाग्छ।
श्रृंगार पतार नगरेरै, बसि रहने महिला।
श्रीमान नभएको, विधुवा जस्तो लाग्छ।
"
अंकर 'अन्जान सहयात्री"
जानकी गाउँपालिका-8
जबलपुर,कैलाली
Admin: अंकर 'अन्जान सहयात्री"
