गजल,
पाउनु सम्म दु:ख पाए आमा बिदेशमा
साहुको ऋण तिर्नु थियो #आए बिदेशमा
दु:ख कष्ट धेरै आमा #पाए बिदेशमा,
आफन्तले बस्न दिएन आफ्नै स्वदेशमा
त्यसैले त काम खोज्दै खोज्दै# धाए बिदेशमा,,
तिम्रो काखमा बस्दा हिजो थिए धेरै खुसी
तर यता धेरै गाली हनडर #खाए बिदेशमा,,,
मातृभूमि मातृभाषा आफ्नै नेपाली पोषाक
लगाएर हिड्नी बानी,
अहिले यहाँ मुख ढाक्नी कालो हेजाप #लाए बिदेशमा
पाउनु सम्म दु:ख आमा पाए बिदेशमा।
लेखिका:=मुस्कान काली श्रेष्ठ(जिल्ला:-दोलखा)
(हाल:-मरुभूमिको देशमा )
