चलचित्र "छल्कि"मा दिपा श्री र राजेन्द्र भगतको भुमिका

Tuesday, 26 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
एलएन गच्छदार,,
थारु र नेपाली भाषा डबिङ्गमा पहिलो पटक दर्शकले चलचित्र "छल्कि"लाई पाउने भएको छ। पुर्विया  थारु संस्कृति र भेषभुषा राष्ट्रभरि हेर्न र बुझ्न सकियोस भनेर दुई भाषामा बनाउन लागिएको हो ।
चलचित्र छल्कीमा दर्शकले मुल भुमिकामा राष्ट्रिय कलाकार दिपा श्री निरौला र मोरङगिया थारु भाषा चलचित्रका पहिलो नायक राजेन्द्र भगतलाई पाउनेछ । थारु समुदायको  धेरै लागानीमा बन्न लागेको यो चलचित्र पहिलो नै मान्न सकिन्छ।

२५ लाखमा बन्न लागेको सो चलचित्रमा कलाकार जय चौधरी, प्रज्वल माझी, लेजिना सुवेदी, राज नरायण सेन लगायतको भुमिका रहने छ भने अतिथी कलाकारमा राष्ट्रिय कलाकार रेखा थापालाई समेत दर्शकले हेर्न पाउने जानकारी निर्माण पक्षले दिएका छ्न। प्रमुख निर्माता कन्नुलाल चौधरी, निर्माताहरु बद्री नारायण माझी, अ्मलेश महतो, कार्यकारिणी निर्माता नरेश चौधरी , सह निर्माता प्रभु प्रमानन्द चौधरी, मनोज चौधरी, प्रशुराम चौधरी, सुनिता चौधरी रहेका छन। त्यसैगरी प्रस्तुतकर्ता राजेन्द्र भगत छ्न भने लेखन निर्देश केशव रायमाझीको रहेको छ। सो चलचित्रको छाँयाकन दार्जिलिङ , सिक्किम , बर्जु ताल , बिराटनगर , जनकपुर लगायतको स्थानमा हुनेछ।

छल्की शब्द थारु समुदायमा नकारात्मक रुपमा लिने हुँदा यसलाई सकारात्मक रुपमा चित्रण गर्ने र पछि परेको समाजलाई परिवर्तन गर्नको सो चलचित्र निर्माण गर्न लागेको निर्माता प्रभुप्रमान्द चौधरीले बताए ।
सो चलचित्रको रिलिज देशै भरीका सिनेमा घरमा प्रदर्शन गर्ने समेत निर्माण पक्षले बताए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu