थारु कल्चरल गित "झुम्का मे झुल्लै हमर मन " सबैको मन छुन आउने त्यारीमा

Monday, 25 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

पुर्वेली संवाददाता,
थारु संस्कार संस्कृति रितिरिवाज परम्परा भेष भुसा अति धनी रहेता पनि पछीलो समयमा पछीमि मुलुकका संस्कार संस्कृति नेपालका हरेक समुदायमा फस्टाएको कारण यहाँका हरेक समुदायका संस्कार र संस्कृतीमा असर परेको अवस्था रहेको छ । यस लोपोन्मुख अवस्थामा आफनो पहिचान जोगाउनुका निम्ति सबैले पहल गर्नु पर्ने जिम्मेवारी रहेको छ ।

पहिचान नरहे केही पनि नरहने भएको हुदा आफ्ना पहिचानका निम्ति  सबैले हाथे मालो गरि अगाडि बढनु पर्ने हुदा यस अवस्थामा थारु चर्चित गायक कुलदिप चौधरीले आपनो कल्चरलाई माया गरि "झुम्का मे झुल्लै  हमर मन... गित बाट संदेश छोरेका छन। बहु प्रतिभाका धनी कुलदिपले हुनत समाजिक संजालमा आफुलाइ विभिन्न किसिमले प्रस्तुत गरि विभिन्न नामका टाईटल  िजतेका छन । कसैले उसलाई हास्य कलाकार भनेर चिन्द छ भने कसैले गितकार कसैले सङ्गितकार कसैले गायक कसैले रेडियो जोरनालिस्ट त कसैले  मेडिसिन पर्सनल बिजनेस म्यान आदि इत्यादी ।

बास्तबमा कुलदिपले रेडियो नाटक मात्रै ८०० स्रोताको माझमा पस्की सकेको छ । पपुलर एफ एम बाट प्रसारित रेडियो नाटक बरेली बाली जस्ले समाज निर्वानका म्यासेज छोरन सफल भएको छ सायदै कोइ होला न सुनेको आफ्नो पहिचान कुलदिपले जिन्दगीको उताब चढाबलाइ पार गर्दै बिविन्न किनारा हरुमा कुलदिपले व्यापक चर्चा पाउने गर छ । त्यसैले उ रमाएर भन्छ मलाई सृजनाको कुरासँग सङ्ग रमाउन् खुब मन पर छ आज फेरि पनि नयाँ सुर तालको खोज सृजना मार्फत थारु कल्चरल गित " झुम्का मे झुल्लै हमर मन...स्रोता हरुलाइ पस्किन त्यारी गरि रहेको जानकारी दिनु भयो। हुन्त वास्तवमा कुलदिपका ३ दर्जन थारु म्युजिक भिडियाेहरु ओललाईन युटयुवहरुमा  सलबलाइ रहेका छन। उनले भन्छन मेरो गित संगीतको लामो समयको अनुभव रहेको हुदा यश गितले थारु समुदायमा फेरिपनी सबैको जिब्रो मा झुन्डिने छ र सबै ले गुन गुणाउने छ बताउनु हुन छ ।
गानामा थारु समुदायको विशेष चित्रण  गरेको हुदा यसले कला संस्कृतिलाइ जगेर्ना गर्नेछ गायक कुलदिप चौधरीले बताउनु हुन छ । कुलदिप चौधरीको स्वर/संगीत /रचना मा रहेको यस  गित चाडै नै बजारमा आउन त्यारी भै रहेको निर्माता ललिता चौधरी बताउनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu