गजल,,
चुनाव त सक्यो रंग अबिर को लाग्यो नेतालाई मात,
चुनावको पार्टी भोज खादैछन नेता कार्यकर्ता भात,
कहि बिर्सिने त छैनन् जनता लाई दिएको बिश्वास,
हामी हेर्दैछौं देश बिकासका लागि कस्ले बढाउला हाथ,
चुनाव त सक्यो रंग अबिर को लाग्यो नेतालाई मात,
अब कहिले कुनदिन बिकास गर्ला बाटो बनेको अनाथ,
चुनाव को खोल नेताहरु को मोल गाउँ गाउँ घुमे टोल,
पक्कै खाँदैनन नेताकार्यकर्ता हरु दारु मासुका अब झोल,
सुन्थे आजभोली कहिले आउला चुनाव को माहोल,
चुनाव त आएरै गए नेताकार्यकर्ता हरु गाउँ गाउँ टोल,
थारुनेता कोहि जिते कोहि हारे गरेकै छ्न आखिर बिवाद,
बिवादै बिवादको पोकोले आखिर बाहुनहरु लिएछ स्वाद,
पार्टीका बिजयी उमेदवारहरु लाई बिजयी शुभकामना,
नेपाल जस्तो अवस्थामा रहेपनी गर्नुस खटिएर सामाना,
थारु युवा साहित्यकार सुरेश चौधरी ग्रामथान खुनियाँकटा,
विवेकशील थारु युवा समूह सुनसरी मोरङ का जन्मदाता,
