मलेसियामा ढल्यो ६० वर्षे शासन, महाथिरलाई बहुमत

Thursday, 10 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:= मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् ।अनलाईन खबरले समाचार छापेको छ्न।
निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११५ सिट जितेको छ । सरकार बनाउनका लागि ११२ सिट भए पुग्छ । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै महाथिरको पार्टीका समर्थकहरु सडकमा विजय उत्सव मनाइरहेका छन् ।बीएन र यसको प्रमुख पार्टी संयुक्त मलेशिया राष्ट्रिय संगठन (यूएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर, केही वर्षदेखि उसको लोकप्रियतामा कमी आएको थियो । त्यसैको परिणाम हुनसक्छ यस चुनावमा प्रधानमन्त्री नजिब रजाकको पार्टीले केबल ७९ सिट जितेको छ।
शपथग्रहणमा सार्वजनिक विदा
शपथग्रहण समारोह आउँदो बिहीबार हुने छ । शपथ ग्रहण गरेपछि ९२ वर्षीय महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता बन्नेछन् । शपथ ग्रहण समारोहको दिन मलेसियामा सार्वजनिक विदा दिइएको छ ।जीतपछि पत्रकारहरुसँग कुरा गर्दै महाथिरले भनेका छन्, ‘हामीलाई कुनै प्रकारको बदला चाहिएको होइन, हामी त कानुनको शासन लागू गर्न चाहान्छौं ।’
बिगतमा महाथिर नजिब रजाक नेतृत्वकै पार्टीको सदस्य थिए । नजिबको राजनीतिक गुरु पनि थिए । तर, उनले पछि भ्रष्टाचारलाई साथ दिने पार्टीमा नरहने भन्दै अलग्गिएको घोषणा गरेका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu