कपिलवस्तु:= ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शाखा खरेन्द्रपुरमा खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका(३, खरेन्द्रपुरमा सोमबार उद्घाटन भएको हो ।
‘गरीवी निवारण तपाईको परिश्रम, हाम्रो साथ’ भन्ने मूल नारासहित शुरुवात गरेको संस्थाको केन्द्रीय कार्यालय तनहूुको शुक्लागण्डकी–३, दुलेगौँडा रहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको ईजाजतपत्र संस्थाले देशको विभिन्न जिल्लामा गरि हालसम्म २८ वटा शाखा विस्तार गरि गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।
शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले गणपति माइक्रोेफाइनान्स वित्तीय संस्थाको रिबन काटेर समुद्धघाटन गरेका थिए । उनले सहर बजार, गाउँठाउँमा विभिन्न झोले संस्थाहरु आएकोले त्यसबाट सचेत रहि संस्थाका नीति नियम र कर्मचारीहरुको व्यवहार बुझेर मात्र आबद्ध हुन आग्रह गरे ।
साथै उनले संस्थालाई सबैको मन जितेर कार्य गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७६ सालको शुभकामना व्यक्त गरेका थिए।
साथै उनले संस्थालाई सबैको मन जितेर कार्य गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७६ सालको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका शाखा प्रवन्धक मुकेश चौधरी संस्थाले विपन्न, निम्न आय गरिव परिवारलाई लघु व्यवसाय सञ्चालन गर्न र गुणस्तरीय सेवा प्रदान गर्ने बताएका थिए । साथै अन्य व्यवसायिक सीपमुलक तालिमका लागि पनि संस्थाले शुलभ व्यजदरमा आवश्यक ऋण उपलब्ध गराउने प्रवन्धक चौधरीले बताए ।