हमार सनेश,
सहकर्मी,,
बर्दीया:= सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, नगर महासंघ राजापर बर्दिया को आयोजना र सहयोग क्रमशः गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारी संस्था सोनाहा विकास समाज बर्दिया, साथै हरियो वन कार्यक्रमको संयुक्त समवन्वयमा मंगलबार “अन्र्तराष्ट्रिय वातावरण दिवस —२०७५” भब्यताका साथ राजापुर नगरपालिका बर्दियामा मनाइएको छ।
“प्लाष्टिक प्रदुषण निर्मुल पारौँ ! सके पुनः प्रयोग गरौँ, नसके बहिष्कार गरौँ ! !” भन्ने मुल नाराका साथ वातवरण दिवसमा ¥याली कार्यक्रम सरस्वती वन उपभोक्ता समितिको कार्यालयबाट सुरु भई राजापुर नगरपालिका, बसपार्क, बजार हुँदै पुनः सरस्वती वन उपभोक्ता समितिमा उक्त ¥याली कोण सभामा परिणत भएको थियो ।
दिवसको कार्यक्रमको प्रमुख अतिथि राजापुर नगरपालिकाको नगर प्रमुख श्री शिव प्रसाद चौधरी रहनु भएको थियो भने उक्त कार्यक्रम सामुदायिक बन उपभोक्ता महासंघ नेपालका अध्यक्ष श्री शर्मा चौधरी ज्युको सभा अध्यक्षमा कार्यक्रम भएको थियो।