आदिबासी पत्रकार महासंघ (फोनिज) पर्सामा पुनः दिलिप प्रधान चयन

Wednesday, 4 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
वीरगन्ज:=नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको दोस्रो जिल्ला अधिबेशनले पुनः दिलिप प्रधानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।बीरगञ्जमा सम्पन्न अधिबेशनले पुनः अध्यक्षमा प्रधानलाई नै सर्वसम्मत चयन गरेको हो । त्यस्तै फोनिज पर्साको उपाध्यक्षमा अजित भुजेल, सचिवमा शेखर चौधरी, सहसचिवमा राम मण्डल र कोषाध्यक्षमा मुनेस लायो मगर चयन हुनुभएको छ ।
त्यसैगरि सदस्यहरुमा प्रकाश थारु, नन्दकिशोर पन्जियार, कल्याणबहादुर हाडा, गोपीलाल श्रेष्ठ, सँगम श्रेष्ठ, मेघराज राय, सुबास आलेमगर, समिना रञ्जितकार चयन भएका छन् । अधिवेशनले चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार निरज पिठाकोटे मगर, ओमप्रकाश चौधरी, प्रेम लामा र उदय दास थारुलाई चयन गरेको छ।
चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार निरज पिठाकोटे मगर, ओमप्रकाश चौधरी, प्रेम लामा र उदय दास थारुलाई चयन गरेको छ ।
त्यसैगरि अधिवेशनबाट प्रादेशिक प्रतिनिधिमा पत्रकार जगत राई, दिपेश श्रेष्ठ र रशमीराज भण्डारीलाई चयन गरिएको छ । अध्यक्ष दिलिप प्रधानकोे अध्यक्षतामा सम्पन्न भएको अधिबेशनको प्रमुख अतिथि आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष कमलबहादुर पिठाकोटे मगर रहनु भएको थियो ।
कार्यक्रममा आदिबासी जनजाति जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष किरण डँगोल, प्याब्सन पर्साका अध्यक्ष छेडुप लामा, फोनिज पर्साका सल्लाहकार प्रेम लामा, थारु कल्याणकारी पर्साका कार्यबाहक अध्यक्ष नन्दकिशोर पन्जियार, समाजिक अभियन्ता प्रकाश थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu