कैलाली :=प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई सपथ गर्न नदिएको भन्दै टीकापुर घटनामा जेलबन्दी परेका २५ जना थारुहरु आमरणअन्सन बस्ने भएका छन्। उनीहरु कैलालीको धनगढीस्थित कारागारमै आमरण अन्सन बस्न लागेका हुन्। जेलबन्दीहरुले तीन बुँदे मागसहित आमरणअन्सन बस्न लागेका हुन् भनेर थारुवान ड्ट्कमले समाचार छापेको छ।
कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई प्रमाणपत्र दिएर संसदमा सहभागी गराउनुपर्ने, टीकापुर घटनाको झुटो मुद्दामा जेलबन्दी पारिएकाहरुको क्षतिपूर्तिसहित रिहाई गर्नुपर्ने र भौगोलिक पहिचानसहितको सीमाकंन कायम गर्नुपर्ने माग राख्दै आमरण अन्सन सुरु गर्न लागेका हुन्।
आमरण अन्सनमा निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरी, थरुहट नेता लक्ष्मण थारु, थारु कल्याणकारिणी सभाका कैलाली अध्यक्ष लाहुराम थारुलगायत जेलमा रहेका २५ जना थारु नै आमरण अन्सनमा बस्दैछन्।
संघीय संसद सचिवालयले अहिले प्रतिनिधिसभा सदस्यहरुको सपथ खुवाउँदैछन्।
