हमार सनेश सहकर्मी,,
क्वालालम्पुर:= गैर आवासिय नेपाली संघ मलेसियाले यो हप्ता मात्रै दुईवटा हवाई टिकट दिएर नेपाली श्रमिकहरुलाई सहयोग गरेको छ ।
रोजगारीको क्रममा मलेसियामा रहेको अवस्थामा विरामि भएका बोहरागाउँ ३ बागलुङका यम बहादुर बुढा र सिरहा जिल्ला लहान घर भई जेल जीवन विताईरहेका किशुन देव महतोलाई एकतर्फि हवाई टिकट उपलब्ध गराएको हो ।
केहि समय अगाडि देखि विरामि परेका वुढालाई नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, नेपाल मगर संघको पहलमा अस्पतालमा लागेको खर्च आरएम ६००० रिंगेट रकममा सहयोग गरेको थियो । विरामि अवस्था रहेका वुढा शनिवार दिउसो नेपाल फर्कदै छन । बुढालाई ट्रार्भल डकुमेण्ट दुतावास र स्पेशल पासको लागि एचएन कम्पनीले सहयोग गरेको थियो ।
यसैगरी करीव पन्ध्र महिना देखि जेल जीवन विताएको र सोहि अवधिमा मानसिक सन्तुलन गुमाएका महतोलाई समेत एक तर्फि हवाई टिकट दिएर सहयोग गरेको हो । महतोलाई दुई पटक सम्म नेपाली दुतावास मलेसिया र एक पटक परिवारले हवाई टिकट उपलब्ध गराएको भएपनि नेपाल फर्कन संभव भएको थिएन । जहाजमा पुग्ना साथ होहल्ला गर्ने गरेपछि उनी तीन पटक सम्म जहाजले लैजान मानेको थिएन । विहिवार नेपाल पुगेका महतोको काठमाण्डौमा उपचार हुन शुरु भएको छ ।
