आर एन चौधरी थारु,,
जनवरी,९ तारिख/मंगलबार/मलेसिया:=मलेसियामा बिगतको बर्षमा झै यस् पाली पनि बृहत सान्स्कृतिक ल्होसार धमाका-3 आयोजना हुने भएका छ्न।
अर्को महिना फेब्रुअरी १७ तारीख परेको चाइनिजहरुको नयाँ बर्षको दिन बिदाको अवसर पारेर र बौद्ध धर्मावलम्बीहरुको पनि नयाँ बर्ष ल्होसार संगै कार्लटन स्टार होटेल सेरेम्बानमा बृहत सान्स्कृतिक ल्होछार धमाका-3 नामक कार्यक्रम आयोजना गर्न लागेका छ्न।
रमाइलो रेस्टुरेन्ट,ग्यामचेप्स रेस्टुरेन्ट फुलबारी रेस्टुरेन्टको प्रमुख आयोजनामा तथा नेपाल म्हार महेन्दो कलाकार संघ मलेसिया,युवराज पौडेल,मोहम्मद अस्फक सैखको विशेष सहयोगमा बौद्ध धर्मावलम्बीहरुको धर्मसन्स्कृति,परम्परा,कला-रितिरिवाजलाई प्रवासमा बसेर पनि जगेर्ना गर्नको निम्ति उक्त सान्स्कृतिक कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारको रुपमा सेलो पप गायक तथा हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डका निर्देशक सबिन घिसिङ तामाङको साथ साथै मलेसियामानै बसेर गीत संगीतको क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल गायक गायिका तथा मोडेलहरुले पनि बेजोड प्रस्तुती रहनेछन।
प्रस्तुति दिनेमा स्थानीय कलाकारहरु कोष बम्जन तामाङ , रमित तामाङ , तेन्जिङ तामाङ, सागर तामाङ, फुर्बा दोर्जे तामाङ, हिमाल तामाङ , राज तामाङ संगिता तामाङ, सरिता तामाङ, अभिनास तामाङ, सुबिना तामाङ, विषम गोले तामाङ लगायतका अन्य थुप्रै कलाकारहरु रहेका छन।
