दाङ देउखर स्थाई घर भएका नन्दुराज चौधरी काठ्माडौको बनस्थली स्थित राष्ट्रिय मृगौला केन्द्रमा स्टोर अफिसरको रुपमा कार्यरत छन्, तर यिनी आफ्नो थारू पहिचान संरक्षण गर्न पनि उतिकै लागि परेका छन्, सबैको भलो चाहने चौधरी सर्वहित समाजका अध्यक्ष हुन् भने केहि वर्ष पहिले मात्र चम्पन सांस्कृतिक समूह को स्थापना गरेर राजधानी लगायत अन्य थारू जिल्लाहरुमा उहाँको नाम माथी चर्चाको विषय बनेका छन्।
चम्पन सांस्कृतिक समूहले पौराणिक थारू नाचलाई जगेर्णा गर्दै आइरहेको छ। छोटो समयमै नाम कमाउन सफल यस समूहको प्रस्तुतीको माग पूर्वमा रौतहट, चितवन देखि कञ्चनपुरसम्म हुदै आएको छ। नन्दुराज चौधरी भन्नुहुन्छ, "अब हाम्रो थारू पहिचान हामी सचेत यूवाहरूले नबचाए कसले बचाई दिन्छ।"
तस्विरमा नन्दुराज चौधरी २०७३ को थारू राष्ट्रिय माघी महोत्सवमा सहभागी हुनु हुदै।
यस वर्ष पनि राजधानीमा बसोवास गर्ने थारू समूदायले पुष ३० र माघ १ गते थारू राष्ट्रिय माघी महोत्सव-२०७४ मनाई रहेका छन्।
