- काठमाडौँ:= वीर अस्पतालको नयाँ सर्जिकल ‘ब्लक’ निर्माणका क्रममा ‘लिफ्ट’ चुडिँदा सप्तरी सुरुङ्गा नगरपालिका चारका २० वर्षीय भूमिकुमार चौधरी र मदनपुरका नविन कुमार चौधरीले ज्यान गुमाएको पुष्टि भएको छ।
त्यस्तै घाइते हुने पनि मदनपुरका २० वर्षीय सचितानन्द चौधरी रहेका छन्।उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
चीनका दुई वटा कम्पनीको सहकार्यमा जाइक-शर्मा रसुवा कम्पनीले निर्माणको जिम्मा लिइएको उक्त ‘ब्लक’मा बिहीबार साँझा सामाना ‘अपलोड’ गर्नेक्रममा ‘लिफ्ट’ चुडिँदा करिव ५० फिट तल फलामका सामान सहित उनीहरु बजारीन पुगेका थिए।
उनीहरुको उद्धार गरि अस्पताल नजिक रहेको ट्रमा सेन्टरमा लगेको केही समयमै उनीहरुको मृत्यु भएको अन्ततः अस्पताल प्रशासनले पुष्टी गरेको हो। उनीहरुसँगै काम गरिरहेका र घाइते भएका सचितानन्द चौधरीको गम्भीर अवस्थामा उपचार भइरहेको छ।चिकित्सकका अनुसार उनको ‘मल्टिपल अर्गान’ मा चोट लागेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलति डा. सुवोध अधिकारीले घटनाको अनुगमन गर्दा ‘लिफ्ट’को फलामको तार चुढिएको र उनीहरु सामान सहित बजारिन पुगेको बताए।
उनले भने,’ निर्माण कम्पनीले सबै लिफ्टमा जडान गरिएका सबै सामान नयाँ भएको दावी गरेको छ तर पनि कसरी लिफ्ट चुडियो त्योबारे अध्ययन भइरहेको छ।’
अधिकारीले यो दुखद घटना भएको र त्यसले अन्य कामदारको मनोवल नगिरोस भन्ने उद्देश्यसहित सुरक्षाको ग्यारेन्टीको माग ‘व्लक’ निर्माण कम्पनीसँग गरेको बताए।