दाङको भुइँह्यारथानमा थारु माघी विशेष कार्यक्रमको तयारी

Tuesday, 2 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सन्तोष दहित | हमार सनेश सहकर्मी

घोराही,  । पुस २३ गते तुलसीपुर ६ भुइह्यारथानमा हुन गइरहेको थारु विशेष माघी महोत्सवको तयारी तिव्र गतिमा भइरहेको आयोजकले बताएको छ । महोत्सवमो उदघाटन उपप्रधानमन्त्री कृष्णबहादुर महराले गर्ने हुनुभएको छ ।

नमूना भुइह्यारथान तुलसीपुरको आयोजनामा हुन लागेको माघी विशेष थारु सांस्कृतिक कार्यक्रममा विशिष्ट पहुनामा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसी, प्रदेश सभाका सदस्य डिल्लीबहदुर चौधरी, उत्तरकुमार वली लगायत सवै थारु सांसदहरुलाई निम्तो गरिएको आयोजकले बताएको छ ।

आयोजककाअनुसार कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेय, थारु अगुवा, नागरिक समाज, राजनीतिकदल लगायत विभिन्न सरोकारवालाहरुको पनि विशेष उपस्थिति रहने छ ।

आयोजककाअनुसार तुलसीपुर उपमहानगरपालिका स्तरिय मघौटा नाचको बृहत प्रतियोगिता पनि गरिने तयारी छ । पछिल्लो समयमा थारु समुदायको मघौटा नाच लोप भइरहेकोले मघौटा नाचको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले मघौटा नाचको प्रतियोगिता आयोजना गरिएको सस्थाका अध्यक्षले बताउनुभयो ।

उहाँकाअनुसार प्रतियोगितामा प्रथम, द्वितिय, तितृय र सान्तवना हुने समुहलाई विशेष पुरस्कारको व्यवस्था पनि गरिएको छ । त्यसैगरि सोहि कार्यक्रममा थारु स्वास्थ्यकर्मी समाजले निर्माण गरेको सिकसेल सम्बन्धि नाटक, थारु कलाकारहरुको पनि विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu