पत्रकार ,लक्की चौधरी,,
काठमाडौं:= हरेक वर्षझैं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्षपनि थारु माघी महोत्सव २०७४ काठमाडौंको टुँडीखेलमा भव्यताकासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने आयोजकले बताएको छ ।
थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको नेतृत्वमा यसवर्ष माघी महोत्सव एकै ठाउँमा हुने आयोजकले बताएको छ । यसअघि दुई वर्ष थारुले काठमाडौंमा दुई ठाउँमा माघी महोत्सव मनाएका थिए । महोत्सवबाट संकलन हुने रकममा पारदर्शीता नभएको भन्दै थारु विद्यार्थी समाजले आफ्नो नेतृत्वमा फरक ठाउँमा महोत्सव मनाएको थियो । तर यसपाली आर्थिक पारदर्शीता कायम गर्नेगरी आर्थिक समिति गठन गरेर अघि बढ्ने सहमति भएपछि महोत्सव एकै ठाउँमा हुने भएको हो ।
(२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका थारु समुदायले यसवर्ष दुई दिन महोत्सव मनाउने निर्णय गरेको चौधरीले बताउनुभयो ।)
थारु कल्याणकारी सभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले महोत्सवको तयारी तिव्रगतिमा भइरहेको जानकारी दिनुभयो । २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका थारु समुदायले यसवर्ष दुई दिन महोत्सव मनाउने निर्णय गरेको चौधरीले बताउनुभयो । उहाँकाअनुसार महोत्वस पुस ३० र माघ १ गते टुँडीखेलमा हुनेछ ।
थारु विद्यार्थी समाज (थाविस) का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीकाअनुसार महोत्सवलाई व्यापारिक हिसावलेभन्दा पनि रचनात्मक र सांस्कृतिक जगेर्ना गर्ने हिसावले मनाउने तयारी भएको बताउनुभयो । उहाँकाअनुसार पुस २९ गते काठमाडौंको तीनकुनेबाट भृकुटीमण्डसम्म मोटरसाईकल ¥यालीको आयोजना गरिने छ । त्यस्तै, ३० गते दिउँसो १२ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरिने छ । रक्तदान कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रम पनि गर्ने आयोजकको तयारी छ ।
नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम तय गरिएको अध्यक्ष चौधरीले जानकारी गराउनुभयो । त्यस्तै, सोही दिन साँझ थारुको परम्पराअनुसार जिता मार्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । जिताका लागि सुंगुर बंगूरको खोजी भइरहेको उहाँले बताउनुभयो ।
आयोजकले प्रधानमन्त्रीसँग प्रमुख अतिथिका लागि समय लिइसकेको अध्यक्ष चौधरीले जानकारी गराउनुभयो । गत वर्ष दुई ठाउँमा भएको महोत्सव यसवर्ष एकै ठाउँमा हुने भएपछि उपत्यकामा बसोबास गर्ने थारु समुदाय उत्साहित भएका छन् । महोत्सवमा करिब १२० विभिन्न थारु परिकार, हस्तकला, थारु पत्रपत्रिका तथा पुस्तकसहितको स्टलहरु राख्ने तयारी भएको चौधरीले बताउनुभयो ।
(माघ १ गते विहान ९ बजे वसन्तपुरबाट शुरुहुने झाँकी कार्यक्रम रत्नपार्क, भृकुटीमण्डप, शहिदगेट हुँदै टुँडीखेलमा प्रवेश गर्ने कार्यक्रम रहेको थाविसका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।)
थाकसका अध्यक्ष धनीराम चौधरीको संयोजकत्वमा मूल आयोजक कमिटी गठन गरिएको छ । सो कमिटीमा करिब तीन दर्जन थारु संघ संस्थाहरु आयोजक बसेका छन् । महोत्सव सफल पार्न विभिन्न उपसमिति गठन गरिएको उपाध्यक्ष चौधरीले बताउनुभयो । उहाँकाअनुसार प्रेमीलाल चौधरीको संयोजकत्वमा आर्थिक समिति, कानूनलाल चौधरीको संयोजकत्वमा स्टेज व्यवस्थापन समिति, अन्टिलाल चौधरीको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, रामलाल चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । विभिन्न नामका करिब एक दर्जन वढी उपसमितिहरु बनाइएको चौधरीले बताउनुभयो ।
माघ १ गते विहान ९ बजे वसन्तपुरबाट शुरुहुने झाँकी कार्यक्रम रत्नपार्क, भृकुटीमण्डप, शहिदगेट हुँदै टुँडीखेलमा प्रवेश गर्ने कार्यक्रम रहेको थाविसका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँकाअनुसार झाँकीमा विभिन्न थारु नृत्यहरु प्रदर्शन गराइनेछ । दुई दिनसम्म चल्ने महोत्सवमा थारु फुड फेष्टिबल, थारु विभिन्न नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम गरिने चौधरीले बताउनुभयो । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिने आयोजकले बताएको छ ।
