सुनसरीमा माघी महोत्सबमा ब्यापार/यस्तो हर्कतले चाड पर्व ओझेलमा पर्ने खतरा

Friday, 5 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

समाचार टिप्पनी
धिरेन्द्र कुमार चौधरी,,
झुम्का ÷ सुनसरीको बिभिन्न ठाउमा माघी महोत्सबको आयोजना पौष महिनामा आज देखि नै सुरु भैसकेको छ । हाम्रा पिता पुर्खाले माघ १ गते मनाउदै आएको माघी पर्व केही संस्थाले सस्तो लोकप्रियता कमाउनका लागी पौषमा मनाउन खोज्दा अन्यौलता छाएको छ ।
माघ १ गते मुक्ति दिबस र अधिकार प्राप्तीका दिनको रुपमा मनाउनु पर्ने पर्ब ब्यापारिक दृष्टिकोणले मनाउदा भोली यो पर्ब ओझेलमा पर्न सक्ने खतरा बढेको छ ।
झुम्कामा एक संस्थाले पौष २१ गतेदेखी ३० गतेसम्म बिहान दिनको १० बजेदेखी राती ९ः०० बजेसम्म महोत्सबको कार्यक्रम रहने जनाएको छ । महोत्सबमा रमाईलो मेला जस्तै बिभिन्न किसिमका पिङ तथा खेलौना राखी सजाईएको छ ।
थारु कला तथा संस्कृति संरक्षणका लागी महोत्सब आयोजना गरीएको भनीएता पनि बिहीबार बेलुका सम्म त्यस ठाउमा ब्यापारीका बिभिन्न सामग्री बाहेक अरु केही तयारी देखिएको छैन् ।
महोत्सबको तयारी हेर्दा ब्यापारीक दृष्किोणले आयोजना गरेको अनुमान गर्न सकिन्छ ।
खास गरी प्रत्येक बर्ष माघ १ गते नेपालीहरुले पर्ब मनाउने चलन रहेको छ । थारु जातीले तिला संक्राईत पाबैन भनेर पौराणिक कालदेखी मनाउदै आएको माघी पर्ब हो ।

नेपाल कृषि प्रधान देश भएकोले थारुहरु कृषि पेशामा आस्रित रहेका छन् । उनीहरुले पौष अन्तिममा बर्ष भरीको काम समाप्त भएको र माघ १ गते कृषि पेशाको काम शुरुवात गर्ने चलन रहेको छ । यसै दिन देखी जाडोबाट बच्न बिभिन्न परीकारहरु खाने चलन रहेको छ ।
बिगतमा राष्ट र समाजका लागी ठूला ठूला उपलब्धि हासिल हासिल गरीएको ठाउमा माघ १ गतेका दिन देखी एक बा दुई दिन सम्म महोत्सब कार्यबmम राखी मुक्ति दिबसको रुपमा थारुहरुले माघी मनाउदै आएको छ ।
सुनसरीमा अहिले तिन ठाउमा माघी महोत्सव आयोजना गर्ने होडबाजी नै चलेको छ । केही आयोजक संस्थाले माघीको अर्थ नबुझी फेशनको रुपमा पर्बलाई लिएको छ ।
सबै मिलेर भब्य तरीकाले माघी महोत्सबको आयोजना गर्नु पर्छ । पश्चिमका थारुहरु मनाउन थालेको माघी महोत्सबको बेग्लै रुप अहिले पूर्ब तिर आई रहेको छ ।
खास गरी पश्चिमका थारुहरु मुक्ति दिबस र अधिकार प्राप्ती दिन माघ १ गते हर्ष उल्लासका साथ माघी पर्ब मनाउने चलन रहेको छ ।

थारु पत्रकार संघ नेपालका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्णराज सर्बाहारी भन्छन् – मालिकले माघ १ गते गरीब बर्गका बालबालिकालाई कम्लरी तथा बधुवा मजदुरमा नोकरी तथा काम गर्नका लागी राख्ने गरीन्थ्यो । र यो परम्परा हटेपछी यसै दिन मुक्ति दिबसको रुपमा माघी पर्ब मनाउछन् ।
देशको दाङ, कैलाली, बाके, बर्दियामा त्यहाका गरीब बालबालिकाहरु मालिकको घरमा बधुवा मजदुर भएर बस्नु पर्दथ्यो । नेपालमा बि.स.२०४६ सालमा प्रजातन्त्र संस्थागत भएपछी यो प्रथा हटेको थियो । यस अधि पहिले त्यहा बालबालिकाको अधिकार हनन् हुने दिन माघ १ गते रहेको थियो । यो प्रथाबाट मुक्तिको घोषणा भए पछी माघ १ गतेका दिन माघी पर्ब महत्वका साथ मनाईदै आएको छ । यसको महत्व थारु समाजमा दिन प्रतिदिन बढदै गईरहेको छ ।
माघी पर्बलाई मुक्ति दिबसको रुपमा मनाउनु आबश्यक रहेको छ । यो पर्बको नामबाट ब्यपारीकरण तरीकाले महोत्सब मनाईयो भने सम्पुर्ण समाजलाई नै अपाच्य हुन् जान्छ ।
यसरी यो पर्बलाई कसैले पौष र कसैले फागुनमा महोत्सवको रुपमा मनायो भने कुनै औचित्य हुने छैन् । र अनत्यमा कला संस्कृति संरक्षणका लागी सबै एक जुट हुनु आबश्यक रहेको ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu