मलेसियामा पहिलो पटक फेब्रुअरी ४ तारिख कविता कन्सर्ट आयोजना हुने

Saturday, 6 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

जनवरी,६ तारिख/शनिबार/मलेसिया:=विश्व नेपाली साहित्य महासंघ शाखा मलेसियाको प्रमुख आयोजनामा तथा किरात याक्थुङ चुम्लुङ मलेशिया, परदेशी रेस्टुरेन्ट कोतराया र सुम्निमा रेस्टुरेन्ट इपोको सह-प्रायोजनमा मलेसियामा पहिलो पटक कविता कन्सर्टको आयोजना हुने भएका छ्न।

मलेसियाको राजधानी क्वालालम्पुर स्थित द-फाइभ इमिमेन्ट होटलमा आगामी महिनाको ४ फेब्रुअरी आइतबारको दिनमा आयोजना हुन लागेको सो कविता कन्सर्टमा प्रस्तुति दिन नेपालबाट शक्तिशाली,प्रभावसाली युवा कवि स्वप्निल स्मृती मलेसिया आउने आयोजकले हमार सनेश ड्टकमलाई जानकारी गराउनु भयो।मलेसियाको समय अनुसार ११ बजेबाट शुरु हुने उक्त कन्सर्टमा कवि स्मृतिले नयाँ र पुराना गरि एक दर्जन बढी कविताहरु वाचन गर्नु हुनेछ। हालसम्म कवि स्मृतिका रंगै रंगको भीर, बाडुली र सुदुर सम्झानाू कविता संग्रह प्रकाशित भैसकेको छ। कवि स्मृति बहुल रंगवादका प्रमुख अभियान्ता पनि हुन् ।

विश्व नेपाली साहित्य महासंघ साखा मलेसियाको अध्यक्ष अमृत लिम्बु (कापोव्वा चुम) को भनाइ अनुसार यो कविता कन्सर्ट आयोजना गर्नुको मुख्य उदेश्य परदेशमा धेरै कलाकारहरु आए सांस्कृतिक कार्यकार्यक्रमहरु भए,गरे यसमा हामी नेपालीहरु नाच्यौ,गायौँ रमायौँ यसले एकैछिनमात्र हाम्रो दुख बिर्सियौँ तर हामी भित्रको भावना, देशप्रेम पोख्न भने पाएनौ । त्यसैले अब हामी रमाउनेमात्र होइन हामी देशप्रती गम्भीर हुन जरुरी छ्न।
पुर्वमेची देखि महाकालीसम्मको नेपालिहरुसँग भेटहुने ठाउँ हो यो मलेसिया त्यसैले पनि यो परदेशमा पुर्वकोले पश्चिमको ,पश्चिमकोले पुर्वको राजनैतिक,ऐतिहासिक ,सांकृतिक,सामाजिक अवस्था वा भेदभाव बारेमा जानकारी लिन सजिलो होस , साथै यो कविता कन्सर्टले नेपालको अवस्था कस्तो छ ? र कस्तो हुनुपर्छ ? भन्ने प्रश्नको जवाफ दिनेछ । हुन त सांस्कृतिक कार्यक्रममा जस्तो साहित्यीक कार्यक्रममा नेपालिहरुको उपस्थिती त हुदैन तर पनि जति उपस्थित हुन्छन ,तिनिहरु साच्चै परिवर्तन चाहानेहरु उपस्थित हुने भएकोले यो एउटा वौद्धिक ( साहित्यीक )आन्दोलन हो । त्यसैले यो आन्दोलनले प्रवाशमा नाच्ने उफ्रनेमात्र काम गर्ने  मस्तिस्कमा सानो देशभक्ति बीउ छर्नको साथै ब्यस्त काठमाण्डौलाइ ब्युउझाउने काम गर्ने छ्न भन्ने बिश्वासको साथ कविता कन्सर्ट आयोजना गर्न लागेको भन्नू भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu