नवलपुरे बहुचर्चित, बहुप्रतिभाशाली थारु गायक केशवराज महतोको एकैसाथ २ वटा थारु गीत आँउदै...

Wednesday, 10 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बुद्धि कुमार महतो/हमार सनेश सहकर्मी
२६ पुस, बुधबार, चितवन

नवलपुरका बहुचर्चित, बहुप्रतिभाशाली थारु गायक केशवराज महतोले एकैसाथ २ वटा बिल्कुलै फरक खाले नयाँ थारु गीतहरु ल्याउन लागेका छन्। यसपटक गायक महतोलाई  चर्चित गायक श्रीनिवास चौधरी र सुरिली स्वरकी धनी गायिका अन्नु चौधरीले राम्रो साथ दिनुभएको छ। ती गीतहरु एउटा थारु स्वदेश गान हो भने अर्को क्लासिकल टच भएको आधुनिक थारु गीत रहेको छ।

१. जोन्हवाक इजोरवा मधुर... (थारु स्वदेश गान..
स्वर:- केशवराज, श्रीनिवास र अन्नु चौधरी
शब्द ,संगीत :- केशवराज  र मणिराज महतो (दाजुभाइ )

त्यसैगरी अर्को थारु क्लासिकल टच भएको गीत..
२. जवास लगसई घुमे तोर साङ्हे...(स्वर:- केशवराज र अन्नु चौधरी
शब्द, संगीत :- केशवराज महतो )

जवास लगसई घुमे तोर साङ्हे...थारु सांगीतिक क्षेत्रमै पहिलो क्लासिकल टच भएको थारु गीत हो।  गायक महतोले आफ्ना सम्पूर्ण गीतहरू अाफै लेख्नुका साथै संगीत भर्ने गर्दछन्। गायक महतोले चर्चित गीतहरू केरवाक लोकेपोते, जाही जाही, अरि बोबी सउरी....जस्ता हिट गीतहरु दिइसकेका छन्। आँउन लगेको नयाँ गीतहरुमा अहिलेसम्मकै राम्रो शब्द अनि संगीत भर्ने प्रयास गरेका छन् । गायक महतोले हमार सनेश डटकमलाई बताउनुभयो

नेपालकै चर्चित.. हार्मोनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका यी गीतहरु स्रोताहरुले निकै रुचाउने अनुमान गरिएको छ। यी २ वटै गीतहरुको  मिक्सिङ कार्य सकिसकेको र छिट्टै नै  माघी पर्वको अवसर पारेर पुस २९ गते शनिबारको दिन ND STUDIO नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिनेछ।

बहुचर्चित गायक केशवराज महतोको अाँउन लागेको २ वटै नयाँ थारु गीतहरु निकै हिट होस् हमार सनेश डटकमको तर्फबाट धेरै धेरै शुभकामना..!!!

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu