हमार सनेश ड्टकम,,
जनवरी ११ तारिख/बिहिवार/मलेसिया:=मलेसियाको इतिहासमै पहिलो चोटि प्रवासी थारु सेवा समाजको प्रमुख आयोजनामा "थारु पीडितहरुको सहयोगार्थ"
आयोजना हुन लागेको थारु माघी महोत्सव तथा बार्षिक उत्सव कार्यक्रमको त्यारी पूरा भएका छ्न।
यहि आइतबार १४ तारिखको दिन बिहान १०:०० बजे मलेसियाको राजधानी क्वालालम्पुर स्थित एरिना स्टार होटेलको प्राङ्गणमा आयोजना हुन लागेको थारु माघी महोत्सवको उद्घाटन कार्यक्रमका पहिला प्रमुख अतिथि श्रम तथा रोजगार राज्य मन्त्री डिल्ली बहादुर चौधरीले गर्ने भनिए ता पनि केही राजनितीक कारणबस उहाँ कार्यक्रममा आउन नसक्ने हुनाले अब चाहिँ महोत्सवको उद्घाटन संघीय मामिला तथा स्थानीय बिकास राज्य मन्त्री जनकराज चौधरीले गर्ने र प्रमुख अतिथि पनि उहाँ नैरहने महोत्सव आयोजक कमिटीका संयोजक तथा थारु समाजका पुर्व संस्थापक अध्यक्ष हालको संस्थापक/संरक्षक घनश्याम चौधरी उर्फ आर एन चौधरी थारुले जानकारी गराउनु भयो।
आयोजक कमिटीको भनाइ अनुसार कार्यक्रमको प्रमुख आकर्षणमा थारु खाना परिकार,थारु चर्चित गायक,मोडेल,थारु निर्देशक राज कुश्मी गायिका अन्जु कुश्मीको जोड्दार गित तथा नृत्य प्रस्तुति र यहाँका चर्चित स्थानीय कलाकारहरुको नि जोड्दार नृत्य प्रस्तुति रहने छ्न।मन्त्री जनकराज चौधरीको स्वकीय सचीव दिपक चौधरीले जानकारी गराए अनुसार माननिय ज्यु भोलि शुक्रबार मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको बताउनु भयो।
साथै महोत्सवमा विशिष्ट ब्यक्तित्वहरु,कलाकारहरु, पत्रकारहरु लाई सम्मान पनि गरिनेछ।
कार्यक्रमको प्रायोजकमा परदेशी रेष्टुरेन्ट एण्ड परदेशी धमाका क्वालालम्पुर, रेष्टुरेन्ट मण्ड्ला र सहयोगी संस्थाको रुपमा थारु साहित्यम लौव युवा फाउन्डेसन मलेसिया ,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया रहेका छ्न।मिडिया पार्टनरमा हमार सनेश डटकम,थरुहट ड्टकम,हमार पाहुरा,नयाँ अनलाइन,मजदुर अनलाइन,घुङ्गी डटकम,थारु कम्युनिटि फेसबुक पेज,दर्पन नेपाल,प्राइम मिडिया ब्रोड काष्टिङ,बर्दिया अनलाइन,ग्लोबल दैनिक लगायतको विभिन्न अनलाइन मिडिया र मलेसियामा प्रकाशन हुने साप्ताहिक पत्रिका हिमालयन टाइम्स रहेका छ्न।
( नोट :- माघी महोत्सव कार्यक्रममा प्रबेश गर्न टिकटको ब्यवस्था गरिएकोले सहयोग स्वरुप टिकट किन्नको लागी र कार्यक्रमको बारे बिस्तृत जानकारीको लागी तल दिइएको निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछन ।+60109427402/011-3344 7339/017-591 9234/010-249 2412/011-2681 2713 )
