हमार सनेश सहकर्मी ,,
क्वालालम्पुर := मलेसियाको सेपाङ क्षेत्रमा अवस्थित एक कम्पनीमा ३ महिनादेखि काम गरेको तलव नपाएपछि २ हजार नेपाली मजदुरहरु आन्दोलनमा उत्रीएका छन। मलेसियाको सेलेंगर राज्यमा अवस्थीत डव्लु.आर.पी कम्पनीमा कार्यरत नेपाली सहित अन्य मुलुकका श्रमिक आन्दोलनमा उत्रेका हुन् ।
नेपालि लगायत अन्य मुलुकका मजदुरहरु रहेको उक्त कम्पनीले हातमा लाउने पन्जा उत्पादन गर्ने गर्दछ ।भने सो कम्पनी लाई नेपाल सरकारले कालो सुचिमा समेत राखिसकेको छ।३ महिना देखि तलब नपाएको तर खानाको लागि क्यान्टिनमा टोकनको ब्याबस्था रहेको सोही कम्पनिमा कार्यरत ललित तामाङले फोन सम्पर्कमा जानकारी दिएका हुन।
कम्पनीले श्रमिकको बारम्बार शोषण गरिरहेको भन्दै यसअघि पनि बेलायती सञ्चार माध्यम गार्जियनले समाचार प्रकाशित गरेको थियो । भने मलेशियाका मानव सम्साधन मन्त्री स्वयम उपस्थित भएर श्रमिक समस्याहरु बुझेका थिए।आन्दोलित मजदुरले स्थिति भयभित बनाउन सक्छन भन्ने आसङ्काले मंगलवार विहानैदेखि सो कम्पनीमा प्रहरी तैनाथ गरिएको छ ।
सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली संग सञ्चारकर्मीले कुरा गर्दा ३ महिनादेखि आफूहरुले तलव नपाएको र तलव माग्दा एकमहिनाको तलब मात्र कम्पनीले दिने बताएपछि आफुहरु आन्दोलनमा उत्रीएको बताए।यस बिसयमा नेपाली राजदुतावास मलेशियाका कार्यबाहक राजदुत कुमार राज खरेल सङ सम्पर्क गर्दा सो आन्दोलन बारे आफुहरु जानकार रहेका बताउनु भयो।
जानकारी हुदाहुदै पनि दूतावासको पक्ष बाट तत्काल एक्सन लिन किन ढिलाइ भयो? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा , आधिकारिक रुपमा पीडितहरुले निवेदन सहित दूतावास आउनुपर्ने बताए।त्यसपछि कारबाहीको प्रक्रिया अगाडि बड्ने सङ्केत गरेका छन।यद्यपि केही समय पश्चात् दूतावासको एक टोलि समस्या बुझ्न सो कम्पनीमा जाने तयारी गरिरहेको बताए।



