तामागढी सिम्रौनगढ सडक मुआब्जाको मागं गदै स्थानीयहरु धर्नामा

Tuesday, 5 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी,,
सिम्रौनगढ–तामागढी हुलाकी सडक खण्डका स्थानीयहरुले मुआब्जाको माग गर्दै धर्ना दिएका छन ।
उक्त हुलाकी सडक अन्र्तगत सिम्रौनगढ–इटवाल–भगवानपुर–पटेर्वा–टेढाकट्टी–तामागढी सडक खण्ड क्षेत्रमा निमार्ण भइरहेको सडकबाट प्रभावित बासिन्दाले छिटो मुआब्जा वितरणको मागं गर्दै धर्नामा बसेका हुन।

प्रभावित बासिन्दाले मुआब्जाको मागं गर्दै तामागढी–सिम्रौनगढ सडक मुआब्जा संघर्ष समिति मार्फत आइतबारदेखि सडकबाट प्रभावित बासिन्दाले मुआब्जाको मागं गर्दै धर्नामा उत्रेका छन ।
स्थानीयहरुले बाराको आदर्श कोतवाल गाउँपालिका अन्तर्गत पर्ने पटेर्वामा टेण्डगाडी स्थानीयहरु धर्नामा उत्रेका छन । आइतबारदेखि चरणबद्घ आन्दोलनको घोषणा गर्दै संघर्ष समितिले साविकमा गरिएको नाप नाक्सा अनुसार सडक निमार्ण गर्नुपर्ने, घरटहरा तथा निजि जग्गाको मुआब्जा दिनुपर्ने, रोड निमार्णको क्रममा भइरहेको विभेद रोक्नुपर्ने लगायतको मागं गरेका छन ।

संघर्ष समितिले आफ्ना मागका ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराउने, अनसन गर्ने, आमरण अनसन गर्ने लगायतको संघर्षका योजना प्रस्तुत गरिएको छ ।
सरकारले हाम्रो मांग प्रति गम्भिर नभए कडा रुपमा आन्दोलन गर्न बाध्य हुने तामागढी–सिम्रौनगढ सडक मुआब्जा संघर्ष समितिका संयोजक महेन्द्र प्रसाद जैसवालले बताए ।
आइतबार देखि शुरु भएको धर्नाको पहिलो दिन शिवनाथ गुप्ता, मदन यादव, महम्द इस्लाम अंसारी, जमुना गुप्ता लगायत सयौको संख्यामा स्थानीय राजनितिककर्मी, विभिन्न संघसंस्था, नागरिक समाज लगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । साझेदारी

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu