थारु महिला सभाद्वारा कला संस्कृति संरक्षणको माग ।#..y

Wednesday, 10 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कुलदिप चौधरी,,
(सुनसरी पौष २६ गते )
थारु महिला सभा  नगर समिति ईटहरिले २ दिने माघी महोत्सव मनाउने भएको छ । थारु कला संस्कृति जगेर्नाका निम्ति सो पर्व हर्ष उल्लासको साथ मनाउने थामसले एक  पत्रकार समेलनका बिच जानकारी गराएको हो।

शुशिला चौधरीको सभापतित्वमा समपन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभाकि  जि. अध्यक्ष प्रमुख शुशिला चौधरीले मुक्ति दिवस तथा अधिकार प्राप्तिका दिन माघी महोत्सव हाम्रो परम्परा रहेकोले संरक्षण गर्नका निम्ति यो पर्व  मनाएको जानकारी दिनु भयो। धर्ती पुत्र आदिवासी थारु समुदाय राष्ट्रको गहना भएकोले यसलाई अझ सरकारले संरक्षण गर्नु पर्ने चौधरी ले जोड दिनु भयो। यसै गरि थारु कानुनी सभाका केन्द्रिय अध्यक्ष तथा थाकसका केन्द्रिय सल्लाहकार राम राज चौधरीले नयाँ संविधानमा थारु समुदायका हक अधिकारकुराहरू पुर्ण रुप्ले समेटन नसकेको हुदा थारु एकता खाचो रहेको बताउनु भयो।
यसै गरि आदिवासी जनजातिका भुपु उपाध्यक्ष  तेज ना. चौधरीले थारु समुदायको कला संस्कृति संरक्षण र समबर्ध्न गर्नका निम्ति घाटि हेरि हाड निलनुपर छ हाउ भाउमा लागनु हुदैन बताउनु । भयो।   यसैगरी थाकसका केन्द्रिय सदस्य उर्मिला चौधरी लगायतले संस्कृतिको संरक्षण समबन्धि कुराहरु प्रष्टयाएका थिए ।

सो समेलनमा थारु पत्रकार संघ नेपालका केन्द्रिय सदस्य कुलदिप चौधरी,फोनिजका अध्यक्ष धिरेन्द्र चौधरी,थारु पत्रकार संघका सुनसरी कार्यकारी अध्यक्ष शुनिल चौधरी र मोरङ्ग्का अध्यक्ष एल एन गच्छदार लगायतले थारु महिला सभा नगर समितिले २ दिने दिवा माघी महोत्सवको आयोजना गरि सबैलाई सिक्ने बाटो बनाएको छ । कार्यक्रम भन्दैमा बिकृती ल्याउनु हुदैन संस्कृति जगेर्नाका कुराहरुमा सबैले ख्याल गर्नुपर्ने सल्लाह सुझाव दिनु भएको थियो।कार्यक्रममा विभिन्न पत्रकारहरुको सहभागी रहेको थियोे ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu