गाउँ फर्किइन् राधा, देउकलियामा अविर जात्रासहित सम्मान

Sunday, 1 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी ,,
धनगढी:= बोक्सी आरोपमा निर्घात कुटिएकी राधा गाउँ फर्किएकी छन् ।
कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षिया राधा फागुन २४ गते बोक्सी आरोपमा गाउँकै तान्त्रिक बोले बाबा उर्फ रामबहादुर चौधरीलगायतबाट निर्घात कुटिएकी थिइन् । कुटपिटबाट घाइते बनेकी उनी २२ दिनको धनगढी बसाईपछि गाउँ फर्केकी हुन् ।देउकलियाका भल्मन्सा (थारु समुदायको मुखिया) राजाराम चौधरी सहितको टोलीले उनलाई गाउँ फर्काएको हो । उनलाई गाउँमा अविर जात्रासहित गाउँलेहरुले भव्य स्वागत तथा सम्मान गरेका छन् ।
स्थानीयहरुले अब सामूहिक रुपमै रुढीवादी परम्परा विरुद्ध लड्ने प्रण समेत गरेका छन् । स्वस्फुर्त कार्यक्रममा उपश्थित भएका स्थानीयहरुले पुनः त्यस्तो घटना दोहोरिन कहिल्यै नदिने प्रतिबद्धता समेत जनाएका छन् । भल्मन्सा (थारू मुखिया) राजाराम चौधरीले समाजमा मेलमिलापको वाताबरण कायम गर्न औपचारिक कार्यक्रमको आयोजना  गरेको बताए । स्थानीय समाजसेवी जीतबाहादुर चौधरीले सबैको हातेमालोले मात्रै समाज परिवर्तन हुने भएकाले सबै एकजुट हुनुपर्ने बताए । 
कार्यक्रममा राधा चौधरीले आफ्नो जस्तो घटना कसैको चेलीबेटीले भोग्न नपरोस भन्दै सबै नारी एउटै भएका कारण कसैलाई पीडा दिएमा आफूहरु अब चुप नबस्ने बताइन् । साथै उनले बोक्सी हुदैनन् भन्ने शिक्षा प्रवाह सबैले गनुपर्ने आग्रह गरिन् ।
यसैबीच स्थानीयहरुले उनलाई आर्थिक सहयोग समेत प्रदान गरेका छन् । स्थानीयहरुले ३ हजार ५५ रुपैया र एशोसियसन अफ एग्रीकलचर नेपाल सुखड शाखाका प्रमुख बिनोद चौैधरीले १ हजार ५ रुपैया प्रदान गरेका थिए ।
राधालाई बोक्सी आरोपमा कुटपिट गर्ने ६ जनाविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको छ । भोले बाबा उर्फ रामबहादुर चौधरी, किस्मती उर्फ किस्मत चौधरी, पार्वती उर्फ स्मारिका चौधरी, चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीविरुद्ध मुद्धा दायर भएको छ । उनीहरु विरुद्ध थप कानूनी प्रक्रिया समेत अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐनअनुसार दोषिलाई ५ देखि ८ वर्ष जेल सजाय र ५० हजारसम्म जरिवाना हुने प्रावधान छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu