हमार सनेश सहकर्मी,
एलएन गच्छादार,,
मोरङ:=आर्थिक अभाव कमजोर भएकी मृगौला पिडित बिरामी शशिकला खवासलाई थारुके आवाज नामक सामाजिक संस्थाले आर्थिक सहयोग गरेका छन् ।
बिहिवार निजको निवास बेलबारी -६, बनोलमा संस्थाका सदस्यहरुले ४० हजार ६५ रुपैयाँ पिडित परिवारका बुवा बुधनारायण खवासलाई सामुहिक रुपमा हस्तान्तरण गरेका हुन्।
२०७३ फागुन २२ गते बिराटनगरको कोशी अंचल अस्पतालमा २१ वर्षिया मृगौला पिडित खवासको रोग पता लागेको थियो भने हाल उनको थप उपचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भईरहेको छ। दुई वटै मृगौला काम नलाग्ने अवस्थामा भएपछि उनको परिवारले सबैसंग सहयोगको अपिल गरेका छन्।डायलेसिस गर्दा हल्का पेट घट्ने, खुट्टा सुनिएको र शरीरमा रगतको मात्रा कमि भएको हुँदा बेला बेलामा "ओ" पोजिटिभ रगत चाहिने खावासको बुवाले बताए।
यसैगरी स्थानीय निकाय बाट सहयोग नहुदाँ पिडित परिवार चिन्तित छन् भने स्थानीय वडा प्रमुख उदय बहादुर राईले आफुले व्यक्तिगतरुपमा सहयोग गरेको र वडा कार्यालय तथा नगरपालिका बाट कुनै पनि सहयोग हालसम्म नभएको र छिटै नै सहयोग गर्ने आश्वासन दिएका छन ।पिडित खवास सिटि कलेज बिराटनगरकी बिबिएस पहिलो वर्षकी अध्यनरत छात्रा हुन् ।
सो रकम सहयोग संगै थारुके आवाजकी अध्यक्ष संगीता चौधरीले समुदायमा एक आपसको साथ् सहयोगबिना समाजको बिकास नहुने र सदैव एक अर्काको साथ चाहिने कुरामा जोड्दै संस्थाले समाजप्रति सानो सहयोग गरेको बताएकी छिन।साथै आगामी दिनमा हाम्रो साथ् सहयोग रहने कुरामा जोड्दै यस अगाडी पनि समाजमा घटेका भवितव्य घटनाका परिवारलाई सहयोग गर्दै आएको बताईंन।
यसै गरि खवास समाज परिषदले उपचारको लागि २२ हजार रुपियाँ, बिभिन्न संघ संस्थाबाट ५० हजार र गाउँटोल, छिमेकबाट ५० हजार सहयोग गरेका छन्। थप उपचारका लागि रकम अभाव भएको हुँदा कृषि बिकास बैंक बिराटनगर, तीनपैनी शाखाको खाता न. ०६०२०००५४२१८३०१३ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।
