बारा ११ को शान्दार जित/जित सँगै बारा ११ फाईनलमा प्रवेश

Friday, 2 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी,
जियालाल चौधरी,,
कोल्हवी:=सृजनशील युवा कल्व पिपरा बाराको आयोजनामा भईरहेको दोश्रो पिपरा गोल्डकपको दोश्रो सेमिफाईनल खेलमा बारा ११ र र बि.एफ.सी भरतपुर चितवन बिच बिहिवार भएको खेलमा बारा ११ ले १ का विरुद्ध ५ गोलले विजयी भएको छ ।विजयीसँगै टिम बारा ११ फाईनलमा प्रवेश गरेका छ्न।

खेलको सुरुवाती चरणमा भरतपुरले राम्रो खेल प्रदशन गरेका थिय तर गोल गर्न चुकेका थिए । त्यसपछि बारा ११ ले खेलको ३८ मिनेट जाँदा जर्सि नं. ११ विशाल खडकाले दिएको पास लाई जर्सि नं. ७ का सागर चौधरीले गोल गरी खाता खोले र खेल पहिलो हाप हुनुभन्दा केहि मिनेट अगाडी बारा कै जर्सि नं. ५ अजय सिहं ले पोष्ट नजिकै जर्सि नं ८का लक्षमण चौधरीलाई पास दिए त्यसपछि बललाई नियन्त्रणमा  लिई सागरलाई दिए । सागरले फेरी आफनो खातामा अर्को गोल थपे र खेल २–० को अन्तरमा पु¥यायो ।
    
दोश्रो हापको सुरुवातमा भरतपुरले बारा ११ लाई दबावमा राखे खेलको ५ मिनेट जादा भरतपुरका खेलाडी जर्सि नं. ११ का शेखर उप्रेतीले १ गोल गरी २–१ को अन्तरमा पु¥यायो । त्यसपछि बारा ११ का विशाल खडकाले खेलको  २५ मिनेटमा, ३५ मिनेटमा र खेल सकिन २ मिनेट अगाडी ३ गोल गरी ५–१ को विशाल अन्तरमा पु¥यायो । खेलको म्यान अफ दि म्याच बारा ११का विशाल खडका घोषित भए उनलाई आयोजकका केन्द्रीका चौधरीले ट्रफि प्रदान गरेका थिए।
          प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ५० हजार र दोश्रो हुने टिमले नगद रु.७५ हजार प्राप्त गर्नेछ्न। साथै १९ गते आज शुक्रबार रेष्टका दिन महिला टिम चन्द्रपुर र गाईघाट बिच मैत्रिपुर्ण खेल हुनेछ । शनिवारको फाईनल  खेल बारा ११ र मकवानपुर ११ भिड्ने आयोजकले बताउनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu