बिश्वब्यापी टेलिभिजन रियालिटी शो ‘द भ्वाईस’ नेपालमा/बिजेताले १ करोड पाउने

Saturday, 3 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौ:= बिश्वब्यापी टेलिभिजन रियालिटी शो ‘द भ्वाईस’ नेपालमा पनि भित्रीने भएको छ । यसअघि अन्तरास्ट्रिय फ्रेन्चाईज शो को रुपमा ‘नेपाल आईडल’ सम्पन्न भएको नेपालमा फेरि यो अर्को महँगो शो नेपाल ल्याउने तयारी गरिएको हो भनेर आज भोलि विभिन्न पत्रपत्रिका तथा अनलाइन संचार माध्यमहरुले खबर छापेका छ्न। एपिवान टेलिभिजनबाट संचालनमा आएको ‘नेपाल आईडल’का निर्देशक लक्ष्मण पौडेल र उनको टिमले यस्को तयारी गरीरहेका हुन् । । उनले नेपाल आईडल सके लगत्तै एपिवान टेलिभिजन छाडेका थिए ।

अमेरिकाबाट सुरु भएको बिश्व चर्चित ‘द भ्वाइस’ सांसरकै निकै महँगो रियालिटी शो हो भने हालसम्म १३ ओटा सेसन सम्पन्न भैसकेको छ । विकिपिडियाका अनुसार अमेरिकामा यस्को १४ औ शृङ्खला आउदो फेब्रुअरीको २६ तारिखबाट सुरु हुदैछ । सन् २०११ को अप्रिल २६ बाट सुरु भइ जुन २९ सम्म चलेको ‘द भ्वाइस’को पहिलो सेसनबाट ‘जाभिर कोलोन’ यस्को पहिलो बिजेता बनेका थिए । बिजेताको लागि गित रेकर्ड संगै १ लाख अमेरिकन डलर अर्थात १ करोड बढी नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिन्छ ।

अमेरिका संगै अफ्रिका, नेदरल्याण्ड्स, अष्टेलिया, भारत लगायत झण्डै १९२ देशहरूमा ‘द भ्वाइस’को फ्रेन्चाईज सम्पन्न भैसकेको छ । यता नेपाल भित्र्याउने टीमले आधिकारिक जानकारी नगराएता पनि उनिहरुको फेसबुक स्टाटसले ‘द भ्वाईस’ पक्का नेपाल भित्रिने छ । द भ्वाइसको नेपाली टिममा नेपाल आईडलमा संगै सहकार्य गरेका होस्ट सुशील नेपाल संगै नेपाल आईडलकै रियालिटि हेड फिरोज तिमल्सीना लगायतका टीम रहने बुझ्न सकिन्छ । यसबारे बिस्तृत जानकारी बुझ्नको लागि केही समय प्रतीक्षा गर्नैपर्ने हुन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu