धनुषा :=प्रदेश २ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ संघीय समाजवादी फोरम नेपालका प्रदेश न. २ का संसदीय दलका नेता मोहम्मद लालबाबु राउत गद्दीको नेतृत्वमा दुई नम्बर प्रदेश सरकार गठन भएको छ ।
राउत मुख्यमन्त्री बने संगै अन्य मन्त्रीहरुको टुँगो शुक्रबार लाग्नेछ । फोरमभित्र पनि मन्त्री चयनका विषयमा छलफल जारी रहेको छ भने राजपाले पनि अन्य मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन ।
विहीबार मधेशी गठबन्धनमा आवद्ध फोरम र राजपाको संयुक्त सरकारका मुख्मन्त्रीसँगै मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।फोरमका राउतले मुख्यमन्त्री, कोषाध्यक्ष विजय यादव अर्थमन्त्रीको सपथ लिएका छन् ।
राजपाबाट संसदीय दलका नेता जितेन्द्र सोनलले भौतिक योजना मन्त्रीको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्तले शपथ ग्रहण गराएका हुन् ।सपथ ग्रहण कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष महन्त ठाकुर लगायत नेता कार्यकर्ता र स्थानीय जनताको उल्लेखनीय सहभागीता रहेको थियो।