एमाले नेता वैजनाथ चौधरी प्रदेश ५ को भैतिक पुर्वाधार बिकास मन्त्रीमा नियुक्त

Friday, 16 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बुटवल:=नेकपा (एमाले) का प्रदेशसभा सदस्य वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ  । प्रदेश प्रमुख उमाकान्त झाले चौधरीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
नवलपरासीको वर्दघाट सुस्ता पश्चिम सरवल गाउँपालिका २ मगरमुडाहामा तेत्तरप्रसाद थारु र फूलमती थारुको कोखबाट २०२२ साल असार १४ गते उहाँको जन्म भएको थियो । सामान्य किसान परिवारमा जन्मेका उहाँको श्रीमती द्रौपदी सहित २ छोरी वर्सा र निसा र एक छोरा विजय छन् । उहाँ अहिले पनि ३२ जनाको संयुक्त परिवारमा बस्नुहुन्छ ।

पुल्चोक इन्जिनियिरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ उत्तीर्ण गर्नुभएका चौधरीले समाजशास्त्र तथा राजनीतिशास्त्रमा स्नातक पनि गर्नुभउको छ । २०३८ सालबाट पूल्चोक क्याम्पसमा भर्ना भएपछि त्यहाँबाट राजनीतिक यात्रा चौधरीको सुरुवात भएको थियो ।

थारु समुदायबाट प्रदेशमा मन्त्री भएका चौधरी पहिला हुन् । विहिबार प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त हुनुभए पनि उहाँको मन्त्रिपरिषद विस्तार हुन बाँकी छ । केन्द्रमा कैलाली क्षेत्र ५ का सांसद नारदमुनी रानाथारुको मन्त्री बन्ने सम्भावना छ ।

Share this article :
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu