सिन्धुलीमा भएको जिप दुर्घटनामा परि ४ जनाको मृत्यु/मृत्यु हुनेमा को को हुन त पढ्नुहोस्

Saturday, 17 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सिन्धुली:=बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, सेल्फीडाँडा नजिकै डबल क्याप बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको ज्यान गएको छ भने अन्य १७ यात्रु घाइते भएका छन् ।सदरमुकाम सिन्धुलीमाढीबाट तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप हिजो बेलुका ५ बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा गोलान्जोर गाँउपालिका –५, रतनचुरा निवासी १९ वर्षीय नवराज थापा, ५० वर्षीया लक्ष्मी देवकोटा, २० वर्षीय युवराज लुंगेलीमगर र २२ वर्षीय रेशम कार्की रहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सिन्धुली अस्पतालमा अहिले १४ जना यात्रुको उपचार भइरहेको छ । गम्भीर घाइते भएका अन्य तीन जनालाई थप उपचारका लागि रिफर गरी काठमाडौं पठाइएको अस्पतालका मेडिकल अधिकृत डा. प्रेरित देवकोटाले जानकारी दिनुभयो । थप उपचारका लागि काठमाडौं पठाएका घाईते यात्रुहरुमा गोलान्जोर गाँउपालिका –५, निवासी १० वर्षीया दिपीका थापा, २६ वर्षीय दिलिपजंग थापा र पवित्रा मगर रहेका उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा खटिनु भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद शर्माले गाडी चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरिएको बताउनुभयो । दुर्घटनाको उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिक संलग्न थिए ।
           बाबुराम देवकोटा /उज्यालो

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu